बिहीबार, साउन ७, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • राष्ट्रियसभा निर्वाचनका लागि मधेश प्रदेशमा एमाले र लोसपाको गठबन्धन

राष्ट्रियसभा निर्वाचनका लागि मधेश प्रदेशमा एमाले र लोसपाको गठबन्धन

मधेश प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले गठबन्धन गरेका छन्।
 |  बिहीबार, माघ ६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ६, २०७८

जनकपुरधाम– मधेश प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले गठबन्धन गरेका छन्। एमाले र लोसपाले संयुक्त रुपमा बिहीबार पत्रकार सम्मेलन आयोजना गरी राष्ट्रियसभा निर्वाचनका लागि गठबन्धन गरिएको जानकारी दिएका हुन्।

यी दुई दलबीच महिला समूहको उम्मेदवार लोसपालाई दिने र अन्य समूहको उम्मेदवार एमालेलाई दिने सहमति भएको छ। लोसपाको तर्फबाट अन्य समूहबाट उम्मेदवारी दिन पुगेका श्यामकुमार सरदार उम्मेदवारी दिन सकेका थिएनन्। अब राष्ट्रियसभाका लागि लोसपाको तर्फबाट महिला कोटामा रुपाकुमारी यादवको उम्मेदवारी रहने जानकारी लोसपाको मधेश प्रदेशका सचेतक परमेश्वर साहले दिए। 

त्यस्तै एमालेबाट अन्य समूहमा उस्मान अन्सारीको उम्मेदवारी रहने एमाले सचिव रघुवीर महासेठले बताए।


प्रकाशित: Jan 20, 2022| 15:04 बिहीबार, माघ ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।