बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • स्थानीय तहमा पदाधिकारी रिक्त हुने कल्पना पनि गर्न सकिँदैन : महामन्त्री थापा

स्थानीय तहमा पदाधिकारी रिक्त हुने कल्पना पनि गर्न सकिँदैन : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचनबारे कुनै पनि निर्णय गर्दा स्थानीय तह रिक्त हुन पुग्छ भने त्यो असंवैधानिक हुने बताएका छन्।
 |  बिहीबार, माघ ६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ६, २०७८

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचनबारे कुनै पनि निर्णय गर्दा स्थानीय तह रिक्त हुन पुग्छ भने त्यो असंवैधानिक हुने बताएका छन्। स्थानीय तहको निर्वाचनभन्दा पहिले प्रतिनिधिसभाको निर्वाचन गर्ने चर्चा चलिरहँदा महामन्त्री थापाको यस्तो टिप्पणी आएको हो।

थापाले बिहीबार दिउँसो ट्विट गर्दै भनेका छन्, ‘हामीले बनाएको संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पना नै गरेको छैन। अतः निर्वाचनबारे कुनै निर्णय गर्दा स्थानीय तह रिक्त हुन पुग्छ भने त्यो असंवैधानिक नै हुन्छ। कांग्रेस प्रष्ट छ(असंवैधानिक कदमविरुद्धको संघर्षबाट बनेको यो सरकारका हरेक निर्णय संविधानको कसीमा सही हुनैपर्छ।’

पदाधिकारीको कार्यकाल सकिएपछि मात्र स्थानीय तहको चुनाव गराउने कसरतमा सत्ता गठबन्धन जुटेको छ। नेकपा एमालेले समयमै स्थानीय चुनाव गराउन जोडबल गरिरहे पनि सत्ता गठबन्धनका दलमा ६ महिना पछि सार्न सहमति भइसकेको छ। 

प्रकाशित: Jan 20, 2022| 14:42 बिहीबार, माघ ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...