काठमाडौं- तयारी नपुगेको भन्दै पाँच दलीय राजनीतिक समन्वय समितिको बैठक स्थगित भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न चार बजे बस्ने भनिएको बैठक स्थगित भएको हो। स्थानीय तहको निर्वाचन लगायतका एजेन्डामा छलफल गर्न बैठक बोलाइएको थियो।
सत्ता गठबन्धनमा स्थानीय तहको निर्वाचन पहिले गर्ने कि संसदीय निर्वाचन गर्ने भन्ने विषयमा मदभेद देखिँदै आएको छ।
बुधबार मात्रै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वैशाखमा संसदीय चुनाव गर्ने र मंसिरमा स्थानीय निर्वाचन गर्नुपर्ने धारणा राखेका थिए। तर, संवैधानिक व्यवस्थाका कारण स्थानीय तहको निर्वाचन वैशाखमै गर्नुपर्ने निर्वाचन आयोगले बताउँदै आएको छ।