मंगलबार, असार ३०, २०८३

आजबाट इन्टरनेट १३ प्रतिशतले महँगियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सरकारले आजबाट कर बढाएपछि इन्टरनेटको सेवा १३ प्रतिशतले महंगो भएको छ । विश्वभर इन्टरनेट सस्तो भइरहेका बेला नेपालमा भने सरकारले साउन १ गतेबाट लागु हुनेगरि १३ प्रतिशतले कर बढाएको हो । 

सरकारले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुसँग अग्रीम कर बापत १० प्रतिशत, ग्रामिण दुरसञ्चार विकास कोषका लागि २ प्रतिशत, आम्दानीको ४ प्रतिशत, रोयल्टी, मुल्य अभिबृद्धी कर बापत १३ प्रतिशत, दुर सञ्चार सेवा शुल्क १३ प्रतिशत गरि ४२ प्रतिशत कर लिन्छ ।

सरकारले साउन १ गतेदेखि लगाएको १३ प्रतिशत कर उपभोक्ताका लागि साढे १४ प्रतिशत भन्दा बढि हुन आउँछ । नाफा गरेको आधारमा तिर्ने ३० प्रतिशत करपोरेट कर समेत हिसाब गर्ने हो भने सरकारले पाउने कर ७२ प्रतिशत हुन्छ । 

सरकारले लगाउने जुनसुकै करको पनि प्रत्यक्ष भार भने उपभोक्तामा नै पर्छ । तर साउनदेखि बढ्ने करको भार जनतालाइ नपर्ने सरकारी दावी छ । सरकारले इन्टरनेटको कर बढाउने तर त्यसको भार उपभोक्तामा  नपर्ने दावी गरे पनि इन्टरनेट सेवा प्रदायक संस्थाले शुल्क बढाएका छन् । यसले उपभोक्तालाई नै मार परेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।