काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले तीनै तहको निर्वाचन एकसाथ गर्न माग गरेका छन्।
महरले सबै राजनीतिक दलको सहमतिमा संघ, प्रदेश र स्थानीय तहको निर्वाचन वैशाखको अन्तिम साता एक साथ सम्पन्न गर्नुपर्ने धारणा राखेका हुन्। उनले एकै पटक तीनै तहको निर्वाचन गर्दा देशका लागि हितकर हुने बताएका हुन्।
'आवधिक निर्वाचन विना लोकतान्त्रिक पद्धति संस्थागत हुन सक्दैन। संविधान र कानुनको मर्म अनुसार सबै तहका निर्वाचन सम्पन्न गर्नु लोकतन्त्रमा विश्वास राख्ने सबै राजनीतिक दलका लागि नैतिक र वाद्यकारी व्यवस्था हो भन्ने कुरा सर्वविदित नै छ', नेता महरले भने। उनले सबै राजनीतिक दलको सहमतिमा संघ , प्रदेश र स्थानीय गरी तीनै तहको निर्वाचन वैशाखको अन्तिम साता एक साथ सम्पन्न गर्ने निर्णय देशका लागि हितकर हुने उनले बताएका हुन्।
तीनै तहको निर्वाचन सँगै गर्न सके समय र आर्थिक हिसाबले देशलाई फाइदा पुग्ने उनले बताए।