सोमबार, फागुन १८, २०८२

गण्डकी प्रदेश संक्रामक अस्पताललाई स्वास्थ्यकर्मी सहयोग

स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएको नेलम्बो नेपाल पोखराले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढ्दै जाँदा बिरामीको उपचारमा सहयोगका लागि अस्पताललाई जनशक्ति उपलब्ध गराएको छ।
 |  बिहीबार, माघ ६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ६, २०७८

पोखरा- स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएको नेलम्बो नेपाल पोखराले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढ्दै जाँदा बिरामीको उपचारमा सहयोगका लागि अस्पताललाई जनशक्ति उपलब्ध गराएको छ।

गण्डकी प्रदेश सरकारले पोखरामा स्थापना गरेको संक्रामक तथा सरुवा रोग अस्पताललाई नेलम्बोले चार जना स्वास्थ्यकर्मी उपलब्ध गराएको हो। सो अस्पतालमा हाल कोरोनाका बिरामीको उपचार हुँदै आएको छ।

जनशक्ति उपलब्ध गराउने सम्बन्धमा बुधबार नेलम्बोका अध्यक्ष एकदेव देवकोटा र अस्पतालका कार्यकारी निर्देशक डा विकास गौचनबीच सम्झौता सम्पन्न भएको छ। नयाँ भेरियन्टसहितको तेस्रो लहरले अधिकतम मानिसका साथै स्वास्थ्यकर्मीसमेत सङ्क्रमित भएकाले स्टाफ नर्स र रेडियो ग्राफर एक/एक जना तथा दुई जना ल्याब टेक्निसियन अस्पताललाई उपलब्ध गराइएको नेलम्बोका अध्यक्ष देवकोटाले बताए। उनका अनुसार छ महिनाका लागि अस्पताललाई उपलब्ध गराइने जनशक्ति भर्ना गरिएको छ। 

उनले भने, 'कोरोनासँग जुध्नका लागि हामीले अस्पताललाई उपलब्ध गराउने जनशक्ति आफैँले भर्ना गरेका छौँ, उहाँहरुलाई अस्पतालमा सेवाका लागि पठाउने छौँ।' छ महिनाका लागि अस्पतालमा स्वास्थ्यकर्मी उपलब्ध गराएबापत रु सात लाख खर्च हुने बताइन्छ। अध्यक्ष देवकोटाले आगामी दिनमा पनि नेलम्बोले कोभिड–१९ आइसोलेसन वार्ड स्थापना गरेका स्वास्थ्य संस्थालाई स्वास्थ्य सुरक्षाका सामग्री आवश्यकता र संस्थाको क्षमताअनुसार प्रदान गरिने जानकारी दिए।

यसैगरी अस्पताललाई सो संस्थाले डिस्पोजिवल मास्क ५०० थान, केएन ९५ मास्क ५०० थान, स्यानिटाइजर २० लिटर, पल्स अक्सिमिटर १० थान, डिस्पोजिवल पञ्जा १० प्याकेट, पिपिई १० थान,  स्प्रे बोतल १० थान, ब्याट्री १० जोर, कोभिड–१९ सचेतना ब्यानर दुई थान सहयोगसमेत गरिएको नेलम्बोका अप्रेसन कोअर्डिनेटर विदित शाहले जानकारी दिए। - रासस

kumari

प्रकाशित: Jan 20, 2022| 08:59 बिहीबार, माघ ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।