शनिबार, मंसिर १३, २०८२

गण्डकीमा कोरोना परीक्षणको करिब ५० प्रतिशतमा संक्रमण

गण्डकी प्रदेशमा पछिल्ला केही दिनयता कोरोना सङ्क्रमित बढेका छन्। गण्डकीमा परीक्षण गरिएकामध्ये करिब ५० प्रतिशतमा संक्रमण देखिन थालेको छ। संक्रमित बढ्दै जाने क्रममा बुधबार पछिल्लो २४ घण्टामा थप ७०३ जनामा संक्रमण पुष्टि र एक जनाको निधन भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ।
 |  बुधबार, माघ ५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ ५, २०७८

पोखरा- गण्डकी प्रदेशमा पछिल्ला केही दिनयता कोरोना सङ्क्रमित बढेका छन्। गण्डकीमा परीक्षण गरिएकामध्ये करिब ५० प्रतिशतमा संक्रमण देखिन थालेको छ। संक्रमित बढ्दै जाने क्रममा बुधबार पछिल्लो २४ घण्टामा थप ७०३ जनामा संक्रमण पुष्टि र एक जनाको निधन भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ। 

National life

लमजुङको मस्र्याङ्दी गाउँपालिका–६ का ८७ वर्षीय पुरुषको जिल्ला अस्पताल लमजुङमा मृत्यु भएको हो।

यस अवधिमा एक हजार ३०१ जनाको नमूना परीक्षण गरिएकामा ७०३ जनामा संक्रमण पुष्टि भएको निर्देशनालय मातहतको प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख नवराज शर्माले जानकारी दिए। 

उनका अनुसार एन्टिजेन परीक्षणबाट ३३८ र पीसीआर परीक्षणमा ३६५ जनामा संक्रमण देखिएको हो। यस अवधिमा निको भएका छन्। गण्डकीमा सबैभन्दा बढी कास्कीमा थप ३६५ जनामा संक्रमण पुष्टि भएको छ। यसैगरी स्याङ्जामा ८५, तनहुँ ८३, गोरखा ५८, नवलपरासी पूर्व ४६, लमजुङ ३०, म्याग्दी १९, बाग्लुङ ११, म्याग्दी पाँच र मुस्ताङमा एक जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ। 

गण्डकी प्रदेशमा हालसम्म ९१ हजार ३५८ जनामा संक्रमण पुष्टि भएको तथा ८७ हजार १४५ जना निको भएको जनाइएको छ। गण्डकीमा हाल सक्रिय सङ्क्रमितको दुई हजार ७८४ जना रहेका छन्। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 19, 2022| 23:25 बुधबार, माघ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।