काठमाडौं- चीनको स्वायत्त क्षेत्र तिब्बत सरकारका अध्यक्ष यान जिन हेइले कोभिड नियन्त्रण गर्ने प्रबन्धहरूको पालना गर्दै नेपालको चासोलाई सम्बोधन गर्ने आश्वासन दिएका छन्।
महावाणिज्यदूत नवराज ढकालले अध्यक्ष यानलाई उनको कार्यकक्षमा मंगलबार भेटेर नेपाली उत्पादन सतहमार्गबाट तिब्बत ल्याउने, नेपाल जाने मालबाहक सवारी साधनको सङ्ख्या बढाउन तथा सहजीकरणका निम्ति गरेको आग्रहको जवाफमा उनले त्यस्तो आश्वासन दिएका हुन्।
भेटका अवसरमा नेपालमा चिनियाँ लगानी प्रबर्द्धन, समसामयिक र द्विपक्षीय हितका विषका साथै सडक, रेल, प्रसारण लाइनबाट सम्पर्क सञ्जार विस्तार गर्ने सम्बन्धमा महावाणिज्यदूत ढकालले तिब्बत सरकारको ध्यानाकर्षण गराएको ल्हासास्थित नेपाली महावाणिज्यदूतवासले जनाएको छ।