बुधबार, कात्तिक ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपालको चासोलाई सम्बोधन गर्ने तिब्बत सरकारको आश्वासन

नेपालको चासोलाई सम्बोधन गर्ने तिब्बत सरकारको आश्वासन

चीनको स्वायत्त क्षेत्र तिब्बत सरकारका अध्यक्ष यान जिन हेइले कोभिड नियन्त्रण गर्ने प्रबन्धहरूको पालना गर्दै नेपालको चासोलाई सम्बोधन गर्ने आश्वासन दिएका छन्।
 |  बुधबार, माघ ५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ ५, २०७८

काठमाडौं- चीनको स्वायत्त क्षेत्र तिब्बत सरकारका अध्यक्ष यान जिन हेइले कोभिड नियन्त्रण गर्ने प्रबन्धहरूको पालना गर्दै नेपालको चासोलाई सम्बोधन गर्ने आश्वासन दिएका छन्। 

महावाणिज्यदूत नवराज ढकालले अध्यक्ष यानलाई उनको कार्यकक्षमा  मंगलबार भेटेर नेपाली उत्पादन सतहमार्गबाट तिब्बत ल्याउने, नेपाल जाने मालबाहक सवारी साधनको सङ्ख्या बढाउन तथा सहजीकरणका निम्ति गरेको आग्रहको जवाफमा उनले त्यस्तो आश्वासन दिएका हुन्। 

भेटका अवसरमा नेपालमा चिनियाँ लगानी प्रबर्द्धन, समसामयिक र द्विपक्षीय हितका विषका साथै सडक, रेल, प्रसारण लाइनबाट सम्पर्क सञ्जार विस्तार गर्ने सम्बन्धमा महावाणिज्यदूत  ढकालले तिब्बत सरकारको ध्यानाकर्षण गराएको ल्हासास्थित नेपाली महावाणिज्यदूतवासले जनाएको छ। 

प्रकाशित: Jan 19, 2022| 21:40 बुधबार, माघ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।