आइतबार, फागुन १७, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • सहिदहरूकै बलिदानीको बलमा मधेश प्रदेश स्थापना : मुख्यमन्त्री राउत

सहिदहरूकै बलिदानीको बलमा मधेश प्रदेश स्थापना : मुख्यमन्त्री राउत

बलिदानी दिवसको अवसरमा सिरहाको लहानस्थित सहिद चोकमा रहेको शहीद रमेश महतोको शालिकमा माल्यापर्ण गरेपछि उपस्थित नेता कार्यकर्तालाई संक्षिप्त सम्बोधन गर्दै मुख्यमन्त्री राउतले शहीदहरूको बलिदानी दिएकै कारण आफूहरू मधेश प्रदेश स्थापना गर्न सफल भएको बताए।
 |  बुधबार, माघ ५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ ५, २०७८

जनकपुरधाम- मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले सहिदहरूकै बलिदानीको बलमा मधेश प्रदेश स्थापना भएको बताएका छन्। बलिदानी दिवसको अवसरमा सिरहाको लहानस्थित सहिद चोकमा रहेको शहीद रमेश महतोको शालिकमा माल्यापर्ण गरेपछि उपस्थित नेता कार्यकर्तालाई संक्षिप्त सम्बोधन गर्दै मुख्यमन्त्री राउतले शहीदहरूको बलिदानी दिएकै कारण आफूहरू मधेश प्रदेश स्थापना गर्न सफल भएको बताए।

'मधेश आन्दोलनका क्रममा थुप्रै शहीद भए, ती शहीदहरू मधेश प्रदेशको सपना थियो,' मुख्यमन्त्री राउतले भने, 'आज हामी मधेश प्रदेश स्थापना गर्न सकियौँ, यसबाट शहीदहरूको एउटा सपना पूरा भएको हामीलाई लागेको छ।'  

'मधेश प्रदेशको नामकरणले मधेश आन्दोलनले सम्मान पाएको छ,' मुख्यमन्त्री राउतले भने, 'मधेश आन्दोलनको भावना र मधेशी जनताको चाहनाअनुरूप मधेश प्रदेश कायम भएको छ, यो हामी सबैको गौरबको कुरा हो।'

यसबाट शहीदहरूको सम्मान भएको उनको भनाइ थियो। मुख्यमन्त्री  राउतले महतोको शालिकमा माल्यार्पण गर्नुभयो। महतो मधेश आन्दोलनका प्रथम शहीद हुन्। 

प्रत्येक वर्ष माघ ५ गते मधेश सरकारले भव्यरुपमा बलिदान दिवस मनाउने गरेको छ। यो वर्ष पनि आज मधेश प्रदेश सरकारले सप्तरी सदरमुकाम राजविराजमा बलिदानी दिवस विशेष कार्यक्रम आयोजना गरेको छ।

kumari

प्रकाशित: Jan 19, 2022| 19:10 बुधबार, माघ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।