मंगलबार, वैशाख ९, २०८२

कञ्चनपुरमा एक हजार क्षमताको होल्डिङ सेन्टर अन्तिम चरणमा

कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरस्थित सालघारी क्षेत्रमा हजार जना क्षमताको होल्डिङ सेन्टर निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ।
 |  बुधबार, माघ ५, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, माघ ५, २०७८

vianetvianet

काठमाडौं– कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरस्थित सालघारी क्षेत्रमा हजार जना क्षमताको होल्डिङ सेन्टर निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ।

triton college

गत वैशाख महिनामा नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयबमोजिम नेपाली सेनाले निर्माण गर्ने भनिएको सालधारी क्षेत्रमा १ हजार जना क्षमताको होल्डिङ सेन्टर निर्माण कार्य अन्तिम चरणमा पुगेको हो। नेपाली सेनामार्फत् होल्डिङ सेन्टर निर्माणको ठेक्का पाएको हनुमान कन्ट्रक्सन प्रालिले सेन्टरको निमार्णको कार्य अन्तिम चरणमा पुगेको जनाएको छ। कम्पनीका अनुसार हाल बेड फिटिङको कार्य चलिरहेको छ। कम्पनीले विद्युत होल्डिङ सेन्टरमा विद्युत आपूर्तीको लागि ट्रान्समिटर राख्ने काम पनि सम्पन्न गरेको छ। होल्डिङ सेन्टरको नब्बे प्रतिशत भन्दा बढी प्रगती भएको छ।

सेनाको श्री नम्बर २५ बाहिरी अड्डा भगतपुर ब्यारेकले होल्डिङ सेन्टरको निमार्णको कार्य हेरिरहेको छ। बाहिनीले निर्माण कार्यको अनुगमन तथा सुपरिवेक्षण गर्ने गरेको छ। निर्माणको कार्य ढिलासुस्ती अथवा निर्माणको कुरामा सेनाले विशेष ध्यान दिएर निर्माण कार्यलाई सहजता गर्ने गरेको बाहिनीले जनाएको छ। २९ करोडमा होल्डिङ सेन्टरको ठेक्का पाएको निर्माण कम्पनीले करिब साढे पन्ध्र करोड रुपैयाँ भुक्तानी लिएको अवस्था छ।  तीन बिगाहा क्षेत्रफलमा निर्माण गरिएको स्थायी होल्डिङ सेन्टरको बाइस वटा अलग अलग ब्लग छन्।

निर्माण भएका सबै ब्लगमा बाथरुम, भान्सा, डाइनिङ रुमलगायतको महत्वपूर्ण सेवासुविधासहित होल्डिङ सेन्टर निर्माण भएको छ। संरचनागत भवन सबै निर्माण भएको र खाली फिटिङको काम मात्रै बाँकी रहेको छ। पुस मसान्तसम्म निर्माणको काम सम्पन्न गर्नुपर्ने होल्डिङ सेन्टरको भुक्तानीका कारण ढिलाई भएको ठेकेदार कम्पनीले जनाएको छ।

कोरोना महामारीको तेस्रो लहरलाई लक्षित गर्दै निर्माण सुरु गरिएको होल्डिङ सेन्टर अबको केही समय भित्रै सेन्टरको निर्माण कार्य सम्पन्न गर्ने समेत ठेकेदार कम्पनीले जनाएको छ। नेपाल सरकारले भारतबाट भित्रिएका नेपाली नागरिकहरूलाई कोरोना संक्रमण भए–नभएको परीक्षण गरेर मात्रै गन्तव्यमा जान दिने वा अस्पताल आइसोलेसनमा पठाउने गरी वैशाख महिनाको मन्त्रिपरिषद् निमार्णले नेपाल–भारत सीमानाका नजिकै ८ र उपत्यकामा २ गरी १० ठाउँमा प्रत्येकमा हजार जना मानिस अट्ने क्षमताका होल्डिङ सेन्टर बनाउने निर्णय गरेको थियो। 

National life insurance

यस्तै होल्डिङ सेन्टरको निर्माण कार्य अन्तिम चरणमा भएपनि यसलाई कसले कसरी सञ्चालन र व्यवस्थापन गर्ने भन्ने विषयमा भने अन्यौलता रहेको छ। होल्डिङ सेन्टरको ३ सय वेड तयारी अवस्थामा छन्। जिल्लाभर अहिले कोरोना संक्रमण दर बढिरहेको छ । जिल्लाको एक मात्र महाकाली अस्पतालमा दिनानुदिन संक्रमितहरु बढिरहेको अवस्था छ।

भारतसँग खुल्ला सिमाना भएको जिल्ला प्रत्येक दिन सयौंको संख्यामा नेपाली स्वदेश फर्कने क्रम पनि बढ्दै गएको छ। निर्माणको चरणमा रहेको होल्डिङ सेन्टरलाई सेनाको श्री नम्बर २५ बाहिरी अड्डा भगतपुर ब्यारेकले हेरिरहेको छ। तर सम्पन्न होल्डिङ सेन्टर सम्पन्न पछाडि पनि नेपाली सेनाले या कसले कसरी सञ्चालन गर्ने विषय भने स्पस्ट रुपमा तय नहुँदा सञ्चालनमा अन्यौता छाएको छ । यता जिल्ला प्रशासन कार्यालयले भने नेपाल सरकारको माघ २ गतेको निर्णय अनुसार सञ्चालन गर्ने जनाएको छ।

होल्डिङ सेन्टर निर्माणपछि भने जिल्लामा बढिरहेको कोरोना संक्रमणलाई नियन्त्रण गर्न केही सहज तथा सहयोग पुग्ने विश्वास लिइएको छ । जिल्लामा हालसम्म ९ हजार २ सय ८० जनामा कोरोना संक्रमण भएको छ ।  


 

प्रकाशित: Jan 19, 2022| 12:43 बुधबार, माघ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।