मंगलबार, असार ३०, २०८३

भक्तपुरका अधिकांश पसल गैरकानूनी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
भक्तपुर- भक्तपुर नगरपालिकामा अधिकांश पसल गैरकानूनी रुपमा सञ्चालन भएको पाइएको छ । 

नगरपालिकाका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा कमल विनायक क्षेत्रमा सोमबार गरिएको बजार अनुगमनमा अखाद्य, म्याद गुज्रेका सामान बिक्री गरेको, पसल दर्ता नगरी गैरकानूनीरुपमा सञ्चालन गरेको पाइएको हो । 

अनुगमनका क्रममा एचके खाद्य स्टोरले पसल दर्ता नगरी गैरकानूनी रुपमा सञ्चालन गरेको, नारायण किराना स्टोरमा म्याद नाघेको सामान मिक्स फ्रुट जाम–८ र फ्लिक मिल्क चकलेट भेटिएकाले त्यस्ता खाद्य पदार्थ नष्ट गरिएको, मिति नभएको सैंजु दही भेटिएकाले मिति नभएको बिक्री वितरण नगर्न, पेटीमा राखेको सामान हटाउन, फ्रिज राख्ने फलामे फ्रेम हटाउन र पसल व्यवस्थित गर्न टोलीले निर्देशन दिएको छ । 

त्यस्तै, अनुगमनकै क्रममा कक्षपति किराना पसलमा प्याकिङ सामानमा लेबल नभएको, म्याद नाघेको सामान पान्टेन स्याम्पु एक, डिटोल ह्यान्ड वास एक र श्रीशिव पञ्जाबी मसला पापड एक भेटिएकाले त्यस्ता सामान नष्ट गरिएको छ । त्यस्तै, पेटीमा राखेको फ्रिज राख्ने फ्रेम तीन दिनभित्र हटाउन निर्देशन दिएको छ । 

यता मेरो श्रेष्ठ किराना पसलमा प्याकेजिङको समानमा लेबल नराखी बिक्री गरेको, प्रजापति भेज स्टोरले एउटा पसल दर्ता गरी दुई वटा सञ्चालन गरेको, प्याकेजिङ सामानमा लेबल नराखी बिक्री गरेको, मूल्यसूची नराखेको पाइएपछि तत्काल कानूनी व्यवस्थाअनुसार गर्न निर्देशन दिएको छ । 

त्यस्तै, गणेश मिठाई पसलमा ढक तराजु नमिलेको र नापतौल विभागमा नवीकरण नगरेको पाइएको, मूल्यसूची नराखेको, किचेन फोहर भएको, पुरानो र बासी मिठाई बिक्री गरिरहेको पाइएकाले त्यस्ता मिठाई नष्ट गरिएको, पेटीको सामान हटाउन र नियमानुसार सञ्चालन गर्न निर्देशन दिएको छ । 

न्यू गुप्ता पान पसल तीन दिनभित्र पसल दर्ता गर्न, मूल्यसूची राख्न र पेटीको सामान हटाउन सुझाव दिएको अनुगमन समितिका वडा निरीक्षक रामकृष्ण प्रजापतिले बताए ।  

समितिका सदस्य हरिराम सुवाल, भनपा स्यानिटेसनका नगर निरीक्षक दिलीपकुमार सुवाल, वडा निरीक्षक रामकृष्ण प्रजापति, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, महानगरीय प्रहरी परिसरका रामशरण तामाङ, जिल्ला प्रशासन कार्यालय र भक्तपुर उद्योग वाणिज्य संघका प्रतिनिधि सहभागी थिए । रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।