मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विदेश उडाइदिन्छु भन्दै ठग्‍ने गाउँपालिका अध्यक्ष पक्राउ

विदेश उडाइदिन्छु भन्दै ठग्‍ने गाउँपालिका अध्यक्ष पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- विदेश पठाउछु भन्दै पैसा लगेर ठगि गरेको आरोपमा अछामको रामारोशन गाउँपालिका अध्यक्ष झंकर साउद भास्कर पक्राउ परेका छन ।

महानगरिय प्रहरी प्रभाग काडाघारीले साउदलाई काठमाडौंमा रहेको उनकै कोठाबाट सोमबार बेलुका पक्राउ गरेको हो । साउदले मकाउ पठाइदिने भन्दै तीन बर्ष पहिले चार जना युवाबाट चारलाख रुपैया लगेर ठगि गरेको भन्दै जिल्ला प्रशासन काठमाडौंमा उनीविरुद्द उजुरी परेको थियो ।

पीडित पुर्णबहादुर खड्काका अनुसार साउदले खड्काबाट दुई लाख, रबि बस्नेत, राजेन्द्र बहादुर चन्द, विष्णु क्षेत्रीबाट एक/एक लाख रुपैया तथा पासपोर्ट लगेका थिए । पटक पटकको प्रयासपछि साउदले  ३ चरणमा गरि एक लाख ५० हजार फिर्ता गरे पनि बाँकी रकम माग्दा उल्टै धम्काउने गरेपछि प्रहरीमा उजुरी दिएको खड्काले बताए । 

सादले यसबाहेक विभिन्न प्रलोभन देखाइ आफुबाट थप रकमसमेत लगेको सुनाए । महानगरीय प्रहरीले भने जिल्ला प्रशासनबाट पक्राउ गरि दुबै पक्षलाई छलफलका लागि बोलाउनु र सहमती नभए कार्यालयमा हाजिर गराउनु भन्ने पत्र आएको जानकारी दिएको छ ।

साउदले तत्कालिन नेकपा माओबादीबाट अध्यक्षमा जितेका हुन । उनले बिदेश पठाइदिने भन्दै युवाहरुबाट रकम लगेर ठगी गर्ने तथा योजना पारिदिने भन्दै थुप्रैबाट अग्रिम कमिसन लिने गरेको गुनासो आउने गरेको थियो ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।