बुधबार, जेठ २०, २०८३

मधेस आन्दोलनको १५ वर्ष पूरा, आज बलिदानी दिवस मनाइँदै

मधेसमा अधिकारका लागि पटक पटक गरी तीन पटक आन्दोलन भयो। तीन वटै मधेस आन्दोलनमा गरी जम्मा १ सय ३ जनाले शहादत प्राप्त गरे। मधेस आन्दोलनकै बलमा प्रदेशको नामाकरण मधेश प्रदेश भएको छ।
 |  बुधबार, माघ ५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ ५, २०७८

जनकपुरधाम- पहिलो मधेस आन्दोलनको आज १५ वर्ष पूरा भएको छ। स्वायत्त मधेस एक प्रदेश र अधिकार प्राप्तिका लागि आज भन्दा ठीक १५ वर्ष अगाडी मधेसी जनताले आन्दोलनको विगुल फुकेका थिए। जुन आन्दोलन १९ दिनसम्म चलेको थियो।

National life

मधेसमा अधिकारका लागि पटक पटक गरी तीन पटक आन्दोलन भयो। तीन वटै मधेस आन्दोलनमा गरी जम्मा १ सय ३ जनाले शहादत प्राप्त गरे। मधेस आन्दोलनकै बलमा प्रदेशको नामाकरण मधेश प्रदेश भएको छ।

यद्यपि आन्दोलन जति पुराने हुँदै गयो, आन्दोलनको विरासत पनि कमजोर हुँदै गएको आरोप समेत लाग्दै आइरहेको छ। तर मधेस आन्दोलनको सम्झनालाई ताजा राख्नका लागि प्रत्येक वर्ष यो दिनलाई बलिदानी दिवसको रुपमा मनाइदै आएको छ।

सोही अवसर पारेर मधेस सरकारले बलिदानी दिवस मनाउन लागेको छ। मधेस सरकारको आयोजनामा सप्तरीको राजविराजमा बलिदानी दिवसको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको छ। 

सो कार्यक्रममा ५७ जना शहीदहरुको परिवारलाई नगद सहित सम्मान गर्ने कार्यक्रम रहेको छ। प्रदेश सरकारले बलिदानी दिवसको अवसरमा सार्वजनिक विदा समेत दिएको छ।

Shivam cement

प्रकाशित: Jan 19, 2022| 08:20 बुधबार, माघ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।