मंगलबार, असार ३०, २०८३

के  छापे आजका दैनिक अखबारहरुले ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राजधानीबाट प्रकाशित मंगलबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयलाई पहिलो प्राथमिकतामा पारेका छन् । 

कसैले डा गोविन्द केसीसंग सरकारले वार्ता सुरु गरेको विषयलाई प्राथमिकतामा पारेका छन् भने कसैले माइतिघर मण्डलामा निषेध नगर्न सरकारलाई सर्वोच्च अदालतले आदेश दिएको विषयलाई मुख्य समाचार बनाएका छन् । 

स्पेनमा भएको डोनास्टिक कप खेलेर फर्केका मुगुका किशोरीहरुको फुटबल अनुभवलाई कभर स्टोरी बनाएको आजको अन्नपूर्ण पोस्टले अनशनरत डा गोविन्द केसीसंग सरकारले वार्ता सुरु गरेको विषयलाई एङ्कर न्युज बनाएको छ । वार्ता सुरु भएपनि दुबै पक्षको अडानका कारण सहमति बन्न नसकेको समाचारमा उल्लेख छ । सरकार डा केसीलाई पहिला काठमडौं ल्याउनु पर्ने अडानमा छ भने डा केसी सरकारले चिकित्सा शिक्षा विधेयक फिर्ता लिनु पर्ने अडानमा रहेका छन् ।

सरकार र डा केसी पक्षबीचको वार्ता निष्कर्षविहीन भएको विषयलाई एङ्कर न्युज बनाएको आजको नयाँ पत्रिकाले भने मन्त्री र मुख्यमन्त्रीले भर्ना गरेका बालबालिका विद्यालय नै नजाने गरेको खुलासा गरेको छ । मुख्य प्राथमिकताका साथ छापेको यस समाचारमा उसले लेखेको छ– अभियानको उद्घाटनमा शिक्षामन्त्रीले भर्ना गरेका बालक विद्यालयको सम्पर्कमा छैनन् ।

यस्तै अपांगता भएका मुगुका बालकको अभिभावक बनेका पर्यटनमन्त्री रविन्द्र अधिकारीले फर्केर एकपटक पनि उनको बारेमा सोधखोज गरेका छैनन् भने बालक घरमै बसिरहेका छन् । यस्तै नेकपाका दुबै अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले अभिभावकत्व लिए पनि एकपटक समेत ति बालबालिकाको बारेमा सोधपुछ नगरेको नयाँ पत्रिकाले लेखेको छ । 

नागरिक दैनिकले भने चालु आर्थिक वर्षको अन्तिम दिन मात्रै ३३ अर्बको भुक्तानी भएको विषयलाई मुख्य समाचार बनाएको छ । सरकारी कार्यालयले चालु आर्थिक वर्षको अन्तिम दिन ३३ अर्ब रुपैया खर्च गर्दा पुँजीगत खर्च २७ अर्ब ६२ करोड र चालु खर्च ५ अर्ब ८३ करोड रुपैया रहेको छ । एकै दिनमा यति ठूलो रकम खर्च भएको इतिहामा नै पहिलो पटक भएको नागरिकले उल्लेख गरेको छ । 

मण्डला निषेध नगर्न सर्वोच्चले आदेश दिएको र कोमामा पुगेका छोरालाई भेट्न मलेसिया पुगेकी आमाको कथालाई आजको कान्तिपुरले प्राथमिकतामा पारेको छ । कारोबार दैनिकले भने यातायातमन्त्री  रघुबीर महासेठले सिन्डिकेटको बचाउ गर्दै मन्त्रिपरिषद्को निर्णय उल्टाएको विषयलाई मुख्य समाचार बनाएको छ ।उनले पुष मसान्तसम्म यातायात समिति चल्न दिने समेत निर्णय गरेको कारोबारले लेखेको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।