मंगलबार, असार ३०, २०८३

विश्वकप फाइनलमा सबैको नजर छातामा किन?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- फिफा विश्वकप अबको चार बर्षका लागि सकिएको छ। तर, विश्वकप यात्रामा यस्ता धेरै घटना भए जो दर्शकको मनमा सधै ताजै रहनेछन्। यहि एक घटना विश्वकपको फाइनलमा देखियो।

त्यो घटना हो तीन देशका राष्ट्रपति एकै छातामा आए। विश्वकप फाइनलले दर्शकलाई निरास बनाएन। किनकी खेल निकै नै रोचक बनेको थियो। फाइनल खेल फ्रान्सले क्रोएसियालाई ४–२ ले पराजित गर्दै दोस्रो पटक च्याम्यिन बन्यो।
 
तर, खेल सकिएको केहि समया मैदानमा खेलाडी र दर्शकलाई असहज भएको थियो। किनकी विश्वकप ट्रफि २० मिनेट पछि मात्र आएको थियो। एकार्फ पछिल्लो विश्वकप विजेता जर्मनी टिमका पुर्व कप्तान फिलिप लामले ट्रफि बोकेर कार्यक्रममा आए भने अर्को तर्फ रुसी राष्ट्रपति भ्लादीमिर पुटिन, फ्रान्सीस राष्ट्रपति इम्यानुअल म्याक्रुन र क्रोएसियाकी राष्ट्रपति कोलिन्डा किटारोविच मैदान पुगे।

केही समयमै हेर्दा हेर्दै बर्षात भयो। पुटिन बर्षाको बारेमा चिन्तित थिएनन्। किनकी उनी पुरै समय छाता भित्र थिए। छाताको छेउमा उभिएका म्याक्रुन र कोलिन्डा पानीमा भिजिरहेका थिए। तर पनि म्याक्रुन र कोलिन्डालार्इ पनि बर्षाको कुनै वास्ता भएन। उनीहरु खेलाडीलाई अंकमाल गर्नमै व्यस्त थिए। 

दुबै राष्ट्रपतिले आफ्नो टिमका खेलाडीबाहेक विपक्षी टीमकमा खेलाडीलाइ पनि अंकमाल गरे। यिनै साना-साना घटनामा सबैका नजर थिए। धेरै जसो यिनै साना-साना घटनाका बारेमा सामाजिक सञ्जालमा समेत बहस भयो। 

सामाजिक सञ्जालमा तीन राष्ट्रपति र एक छाताको बारेमा खुबै चर्चा भयो। एक ट्वीटमा लेखिएको थियो, ‘म्याक्रुन पानीमा भिजिरहेका छन् तर, छाता ओडिरहेका पुटिन भने टुलु-टुलु हेरिरहेका छन्। यहि पुटिनको अस्लि रुप हो।’



क्रोएसियाका राष्ट्रपति कोलिन्डाले पानीमा भिज्दै गर्दा जसरी विपक्षी टोलीका युवा खेलाडी केलियन बाप्पेलाई अंगालोमा बेरीन तब उनले सबैको मन जितिन। धेरै जसो दर्शक क्रोएसियाका कप्तान लुका मोड्रिकका आँसु राष्ट्रपति कोलिन्डाले पुछ्दै गर्दा भावुक बने। यसैकाबीच पुरस्कार वितरणको औपचारीक समय पनि सकियो। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।