बुधबार, जेठ २०, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • आठ जिल्लालाई मात्रै मधेश नमान्ने भन्दै जनकपुरमा सांसदको पुतला दहन

आठ जिल्लालाई मात्रै मधेश नमान्ने भन्दै जनकपुरमा सांसदको पुतला दहन

प्रदेश २ को नामाकरण मधेश प्रदेश गरिएको विरोधमा जनकपुरधामका युवाहरुले प्रदेशसभा सदस्यहरुको पुतला दहन गरेका छन्।
 |  मंगलबार, माघ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ४, २०७८
National life
Shivam cement

जनकपुरधाम– प्रदेश २ को नामाकरण मधेश प्रदेश गरिएको विरोधमा जनकपुरधामका युवाहरुले प्रदेशसभा सदस्यहरुको पुतला दहन गरेका छन्। ८ जिल्लाको प्रदेशलाई मधेश नामाकरण गरिएकोमा आपत्ति जनाउँदै यहाँका युवाले विरोध गरेका हुन्।

जनकपुरधामस्थित जानकी चोकमा युवा अभियन्ता सुशील कर्णको अगुवाईमा युवाहरुले ८ जिल्लाको प्रदेशलाई मधेश प्रदेश नमान्ने चेतावनी दिएका हुन्। पुतला दहन गरिरहँदा युवाहरुले प्रदेश सांसद मुर्दावाद, ८ जिल्लालाई मात्रै मधेश प्रदेश मान्दैनौँ, पहिचानसहितको मिथिला भोजपुरा प्रदेश नामाकरण गर लगायतका नाराहरु लगाएका थिए। 

युवा अभियन्ता सुशील कर्णले यो ८ जिल्लाको पहिचान मिथिला भोजपुरा रहेकाले नामाकरण पनि सोही पहिचानको आधारमा हुनुपर्ने माग गरे। ‘यो ८ जिल्ला मात्रै मधेश होइन,’ कर्णले भने, ‘२२ जिल्लासहित मधेश प्रदेश नामाकरण गरे हामीलाई स्वीकार छ, नभए यहाँको पहिचान सहित मिथिला भोजपुरा नामाकरण हुनुपर्छ।’ ८ जिल्लाको प्रदेशलाई मात्रै मधेश प्रदेश नामाकरण गरेर प्रदेशसभा सदस्यहरुले अदूरदर्शिता देखाएको उनले आरोप लगाए। प्रदेशको नामाकरणको सवालमा पुनर्विचार नभए यो संघर्ष निरन्तर जारी रहने उनको भनाइ थियो।

प्रकाशित: Jan 18, 2022| 12:48 मंगलबार, माघ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।