बुधबार, भदौ ३, २०८३

सत्ता गठबन्धनको निर्णय– स्थानीय निर्वाचन वैशाखमै

आगामी वैशाखमै स्थानीय तहको निर्वाचन गर्ने सहमति सत्तारुढ गठबन्धनमा जुटेको छ।
 |  मंगलबार, माघ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ४, २०७८

काठमाडौं– आगामी वैशाखमै स्थानीय तहको निर्वाचन गर्ने सहमति सत्तारुढ गठबन्धनमा जुटेको छ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनद्वारा गठित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा वैशाखमै स्थानीय तहको निर्वाचन गर्ने सहमति जुटेको हो। 

निर्वाचन आयोगले दिएको समयअनुनुसार आगामी २०७९ वैशाखमै स्थानीय तहको निर्वाचन गर्न दलहरु सहमत भएका हुन्। कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वमा रहेको संयन्त्रले स्थानीय तहको निर्वाचनमा वैशाखमै गर्ने गरी सरकारलाई सुझाव दिने निर्णय गरेको छ। 

सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संवैधानिक व्यवस्था अनुसार नै स्थानीय तहको निर्वाचन हुने बताए। बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै कार्कीले भने, ‘स्थानीय तहको निर्वाचन समयमै हुन्छ। निर्वाचन आयोगसँग परामर्श भइरहेको छ। संविधानले तोकेकै समयमा निर्वाचन हुनेछ।’ सोमबार कांग्रेस सभापति रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको थियो। 

पौडेल नेतृत्वको संयन्त्रमा कांग्रेसबाट कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव,  राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र दुर्गा पौडेल सदस्य छन्।

प्रकाशित: Jan 18, 2022| 12:21 मंगलबार, माघ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...