काठमाडौं- भौतिक पुर्वाधार मन्त्रालयले यातायात व्यवसायीलाई पुस मसान्तभित्र कम्पनीमा ल्याउने तयारी गरिरहेको छ। मन्त्रलयले गरेको पत्रकार सम्मेलनमा मन्त्री रघुविर महासेठले यातायात व्यवसायीलाई पुस मसान्तभित्र कम्पनीमा ल्याउने तयारी गरेको बताए।
त्यस्तै मन्त्रालयले यातायात व्यवसायीलाई आफ्नो खर्च भएको र तिर्नुपर्ने हिसाबको सम्पुर्ण विवरण जिल्ला प्रशासन कार्यालयमा बुझाउन पर्ने बताएको छ। मन्त्रालयले व्यवसायीहरुलाई साउन मसान्तभित्र तिर्नुपर्ने सबै रकमको विवरण सीडीयो कार्यालयमा पठाउन निर्देशन दिएको छ।
यातायात उल्लङघन गर्नेलाई कारबाही
सोही अवसरमा मन्त्रालयले सुझावको लागि गठन गरेको कार्यदलले आफ्नो सुझाव पेस गरेको छ। सुझावअनुसार भदौ सम्ममा देशका सबै ट्राफिक लाइटहरु निर्माण गरीसक्ने, जेब्रा क्रसिङमा नियम उल्लङघन गर्ने यात्रु तथा सवारी दुवैलाई कारबाही गरिनेछ । त्यसको लागि अनुगमन गर्ने समेत जानकारी दिइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४