बिहीबार, कात्तिक ८, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

प्रदेशको नाम र राजधानीका लागि भएको मतदानमा ५ सांसद अनुपस्थित

प्रदेशको नाम र राजधानी तोक्न सोमबार भएको मतदानमा ९९ जना सांसदहरु मात्रै मतदान प्रक्रियामा सहभागी भएका थिए। जबकी प्रदेश २ मा प्रदेशसभा सदस्यहरुको संख्या १०४ रहेको छ।
 |  सोमबार, माघ ३, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, माघ ३, २०७८

जनकपुरधाम- प्रदेशको नाम र अस्थायी राजधानीका लागि मतदान भइरहँदा ५ जना प्रदेशसभा सदस्यहरु अनुपस्थित देखिएका थिए। प्रदेशको नाम र राजधानी तोक्न सोमबार भएको मतदानमा ९९ जना सांसदहरु मात्रै मतदान प्रक्रियामा सहभागी भएका थिए। जबकी प्रदेश २ मा प्रदेशसभा सदस्यहरुको संख्या १०४ रहेको छ। 

triton college

प्रदेशको नाम र राजधानी तोक्नका लागि भएको मतदान सर्लाहीको निर्वाचन क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित नेकपा एकिकृत समाजवादीका सांसद डिल्लीप्रसाद उप्रेती र सोही पार्टीको सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ (१) बाट निर्वाचित गोविन्द बहादुर न्यौपाने सोमबार बसेको प्रदेशसभा बैठकमा अनुपस्थित रहेका थिए। त्यस्तै, नेपाली काँग्रेस बाराका सांसद शोभा लामा, नेकपा एमाले धनुषाका अनिता कुमारी यादव तथा जनता समाजवादी पार्टी नेपाल महोत्तरीका सांसद डा. रिना यादव समेत अनुपस्थित रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए। 

सोमबार बसेको प्रदेशसभा बैठकले प्रदेशको नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम राख्ने प्रस्ताव २ तिहाई बहुमतका साथ पारित गरेको हो।

नामकरणका लागि भएको मतदानमा ९९ सांसद सहभागी भएकोमध्ये ८० जनाले मधेशको पक्षमा मतदान गरेका थिए भने ७८ जनाले राजधानी जनकपुरधामको पक्षमा मतदान गरेका थिए।

प्रकाशित: Jan 17, 2022| 20:00 सोमबार, माघ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।