आइतबार, चैत ३, २०८१

प्रदेश २ को नाम 'मधेश प्रदेश'

प्रदेश नम्बर २ को नाम मधेश प्रदेश कायम भएको छ।
 |  सोमबार, माघ ३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ ३, २०७८

काठमाडौं– प्रदेश २ को नाम मधेश प्रदेश पारित भएको छ। मधेश प्रदेश प्रस्तावको पक्षमा प्रदेशसभामा भएको मतदानमा मधेश प्रदेशको पक्षमा ८० जना प्रदेशसभा सदस्यहरुले मत दिएपछि प्रदेशको नाम मधेश पारित भएको हो। 

health

मतदानमा कुल ९९ जना प्रदेशसभा सदस्यहरु सहभागी भएका थिए। यसअघि प्रदेशको स्थायी राजधानीका लागि जनकपुरधाम समेत पारित भइसकेको छ।

झन्डै ४ वर्षपछि प्रदेश २ को नाम र स्थायी राजधानी तय भएको हो। सोमबार प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि भएको मतदानमा राजधानी जनकपुरधाम र नाम मधेस प्रदेश प्रस्ताव दुई तिहाई बुहमतले पारित भएको हो।

विशेष संसदीय समितिको नामाकरणसम्बन्धी पहिलो प्रस्ताव ‘मधेस प्रदेश’ को पक्षमा ८० मत परेको छ। प्रदेशसभामा १०३ जना सदस्यमध्ये उपस्थित ९९ जना प्रदेशसभा सदस्यमध्ये ३४ जनाले विपक्षमा मतदान गरेका थिए।

सत्तारूढ जनता समाजवादी पार्टी (जसपा) र नेकपा माओवादी केन्द्रले संयुक्त रुपमा गरेको ‘मधेस प्रदेश’ प्रस्तावमा प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले समर्थन गरेको थियो। योसँगै संसदीय समितिले प्रस्ताव गरेका नाम ‘मिथिला भोजपुरा प्रदेश’, ‘जानकी प्रदेश’ र ‘मध्य मधेस प्रदेश’ प्रस्ताव स्वतः निष्त्रिृय भएको सभामुख सरोज यादवले घोषणा गरेका छन्।

प्रकाशित: Jan 17, 2022| 17:40 सोमबार, माघ ३, २०७८
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।