बुधबार, जेठ २०, २०८३

प्रदेश २ को नाम मधेश राख्न मतदान प्रक्रिया सुरु

प्रदेश २ को नाम मधेश राख्ने प्रस्तावमाथिको मतदान प्रक्रिया सुरु भएको छ।
 |  सोमबार, माघ ३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ ३, २०७८

जनकपुरधाम– प्रदेश २ को नाम मधेश राख्ने प्रस्तावमाथिको मतदान प्रक्रिया सुरु भएको छ।

National life

सोमबार बसेको प्रदेशसभा बैठकमा प्रदेशसभामा सत्तारुढ दल जसपाबाट शैलेन्द्र कुमार यादव र माओवादी केन्द्रको तर्फबाट प्रदेशको नामका लागि प्रस्ताव गरिएको मधेशमाथि मतदान प्रक्रिया सुरु भएको हो। 

प्रदेशको नाम कायम गर्नका लागि दुई तिहाई मतको आवश्यक पर्छ। हाल प्रदेशसभामा १ सय ४ जना प्रदेशसभा सदस्यहरु रहेका छन्। प्रदेशससभाको नाम तोक्नका लागि ७० मत आवश्यक छ। सभामुख सरोज यादवले प्रदेशसभा कक्षकै छेउमा रहेको भवनमा मतदान गर्न प्रदेशसभा सदस्यहरुलाई आग्रह गरेका छन्।

मधेशको पक्षमा दुई तिहाई मत नपुगे प्रदेशको नामका लागि मिथिला भोजपुरा, जानकी र मध्य मधेशका लागि समेत मतदान हुनेछ।

यसअघि प्रदेशसभाबाट प्रदेशको स्थायी राजधानी जनकपुरधाम दुई तिहाईभन्दा बढी मतबाट कायम गरिएको छ।

Shivam cement

प्रकाशित: Jan 17, 2022| 16:37 सोमबार, माघ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।