बिहीबार, कात्तिक ८, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

प्रदेश २ को राजधानी जनकपुरधाम बनाउने प्रस्तावमाथि मतदान सुरु

प्रदेश २ को स्थायी राजधानी जनकपुरधामलाई बनाउने प्रस्तावमाथि मतदान सुरु भएको छ।
 |  सोमबार, माघ ३, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, माघ ३, २०७८

जनकपुरधाम- प्रदेश २ को स्थायी राजधानी जनकपुरधामलाई बनाउने प्रस्तावमाथि मतदान सुरु भएको छ। सोमबार बसेको प्रदेशसभा बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गरेका दलहरुको तर्फबाट स्थायी राजधानीका लागि संयुक्त रुपमा पेस भएको प्रस्ताव जनकपुरधाममाथिको मतदान प्रक्रिया सुरु भएको हो। 

triton college

प्रदेशसभा सदस्यहरू परमेश्वर साह, रविन्द्र बैठा, उपेन्द्र प्रसाद कुशवाहा, शारदा देवी र भरत प्रसाद साहले प्रस्ताव गरेको राजधानी जनकपुरधाम (उत्तरमा धनुषा जिल्लाको ढल्केवर र पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सिमाना र पश्चिममा मिथिला माध्यमिक परिक्रमा) तोक्ने प्रस्ताव परमेश्वर साहले पेस गरेपछि मतदान सुरु भएको छ। 

स्थायी राजधानीका लागि दुई तिहाई मत आवश्यक हुन्छ। हाल प्रदेशसभामा १ सय ४ जना प्रदेशसभा सदस्य छन्। स्थायी राजधानी तोक्नका लागि ७० मत आवश्यक छ। 

सभामुख सरोज यादवले प्रदेशसभा कक्षकै छेउमा रहेको भवनमा मतदान गर्न प्रदेशसभा सदस्यहरुलाई आग्रह गरेका छन्।

प्रकाशित: Jan 17, 2022| 14:34 सोमबार, माघ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।