बुधबार, भदौ ३, २०८३

कोरोना मुक्त भएपछि दाहाल राजनीतिक भेटघाटमा सक्रिय

कोरोना संक्रमणबाट मुक्त भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका छन्।
 |  सोमबार, माघ ३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ ३, २०७८

काठमाडौं– कोरोना संक्रमणबाट मुक्त भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका छन्। दाहालले कोरोना संक्रमण पुष्टि भएयता केही दिनदेखि सबै खालका भेटघाट बन्द गरेका थिए। उनी आइतबार संक्रमण मुक्त भएका थिए। दाहाल निको हुनेबित्तिकै राजनीतिक भेटवार्तामा सक्रिय भएका हुन्। 

यस क्रममा दाहालले अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवासँग छलफल गरिरहेका छन्। दुई नेताबीच राष्ट्रियसभा सदस्य निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बताइएको छ। ​

प्रकाशित: Jan 17, 2022| 13:17 सोमबार, माघ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...