बुधबार, भदौ ३, २०८३

राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्री देउवाको तयारी

देउवाले सरकार गठनको ६ महिना पुगेका अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्।
 |  सोमबार, माघ ३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ ३, २०७८

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। देउवाले सरकार गठनको ६ महिना पुगेका अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्। देउवा असार २९ गते प्रधानमन्त्री नियुक्त भएका थिए। 

प्रधानमन्त्री देउवाले दुई–तीन दिनमा राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिए। उनले भने, ‘तर सम्बोधनको मिति र समय भने तय भइसकेको छैन।’ प्रधानमन्त्री नियुक्ति भएपछि  देउवाले पहिलोपटक राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्। 

सरकार गठन भएको ६ महिनाको सन्दर्भ पारेर प्रधानमन्त्री देउवाले सम्बोधन गर्न लागेको स्वकीय सचिव देउवाले जानकारी दिए। 

प्रकाशित: Jan 17, 2022| 12:56 सोमबार, माघ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...