बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • स्थानीय तहको चुनाव प्रक्रिया थाल्न सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण

स्थानीय तहको चुनाव प्रक्रिया थाल्न सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण

गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले स्थानीय तहको निर्वाचन प्रक्रिया तत्काल थाल्न नेपाल सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन्।
 |  सोमबार, माघ ३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ ३, २०७८

काठमाडौं– गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले स्थानीय तहको निर्वाचन प्रक्रिया तत्काल थाल्न नेपाल सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन्।

संविधान र स्थानीय तह निर्वाचन ऐनले एक दिन पनि जनप्रतिनिधिविहीन स्थानीय तहको परिकल्पना नगरेकाले तत्काल निर्वाचन प्रक्रिया थाल्न संघ/महासंघले ध्यानार्षण गराएका हुन्।

स्थानीय तहको पाँच वर्षे कार्यकाल २०७९ जेठ ७ गते, असार २१ गते र असोज ७ गते सकिँदैछ। तीनै वटा महासंघले जारी गरेको ध्यानाकर्षणपत्रमा उल्लेख छ, ‘संविधान र स्थानीय तह निर्वाचन ऐनले एक दिन पनि जनप्रतिनिधिविहीन स्थानीय तहको परिकल्पना गरेको छैन र स्थानीय तहको कार्यभार प्रदेश वा संघीय सरकारले सञ्चालन र व्यवस्थापन गर्ने पनि व्यवस्था गरेको छैन।’

संविधानले नै जनप्रतिनिधि बिनाको स्थानीय सभा र कार्यपालिकाको व्यवस्था र म्याद थप पनि व्यवस्था नगरेको ध्यानाकर्षणपत्रमा उल्लेख छ।

संघमहासंघले आवधिक रुपमा निर्वाचन गर्न नसक्दा विगतमा १५ वर्ष स्थानीय निकाय जनप्रतिनिधिविहीन भएसँगै स्थानीय लोकतन्त्रको संस्थागत विकासमा अवरोध भएको पनि स्मरण गराएका छन्। उनीहरूले भनेका छन्, ‘स्थानीय सरकारका हामी सबै जनप्रतिनिधि समयमा नै आवधिक निर्वाचन सम्पन्न होस् र एक दिन पनि स्थानीय सरकार जनप्रतिनिधिविहिन नहोस् भन्ने चाहन्छौं।’ निर्वाचन सम्पन्न गर्न  आयोगले कम्तीमा १ सय २० दिनको समय चाहिने यसअघि नै बताइसकेको छ। 

प्रकाशित: Jan 17, 2022| 12:28 सोमबार, माघ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...