काठमाडौं- नेकपा एमाले रौतहटको अध्यक्षमा त्रिभुवन साह सर्वसम्मत निर्वाचित भएका छन्। नवौं जिल्ला अधिवेशनबाट साह अध्यक्षमा चुनिएको हुन्।
उनको अध्यक्षतामा १ सय ३५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रुपमा चयन भएको छ।
यसैगरी उपाध्यक्षमा दीपक यादव, सचिवमा बालविक्रम कार्की, उपसचिवमा पलट चौधरी र रुपेश पटेल चुनिएका छन्।
प्रदेश २ को सप्तरीमा गत पुस २३ गते नै अधिवेशन भए पनि रौतहटलगायतका जिल्लामा आन्तरिक विवादका कारण अधिवेशन हुन सकेको थिएन।