बुधबार, भदौ ३, २०८३

प्रधानन्यायाधीशलाई कारबाही माग गरिएको रिट दरपीठ

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि छानबिन गरी कारबाही गर्न परमादेश माग गरिएको रिटलाई सर्वोच्च अदालतले दरपीठ (दर्ता गर्न अस्वीकार) गरेको छ।
 |  आइतबार, माघ २, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ २, २०७८

काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि छानबिन गरी कारबाही गर्न परमादेश माग गरिएको रिटलाई सर्वोच्च अदालतले दरपीठ (दर्ता गर्न अस्वीकार) गरेको छ। अधिवक्ता माधवकुमार बस्नेतले प्रधानन्यायाधीशमाथि छानबिन गरी आवश्यक कारबाही गर्नका लागि संविधानद्वारा तोकिएको प्रक्रिया तत्काल प्रारम्भ गर्नू भनी सभामुख, प्रतिनिधिसभाका नाममा परमादेश माग गर्दै सर्वोच्चमा दिएको रिट निवेदन दरपीठ भएको हो। 

सर्वोच्च अदालतका रजिष्ट्रार नारायण पन्थीले रिट निवेदनमा माग गरिएको विषय अदालतको क्षेत्राधिकारभित्र नपर्ने उल्लेख गर्दै दरपीठ गरेका हुन्। रिटमा प्रधानन्यायाधीशले विगत लामो समयदेखि अदालतमा उपस्थित भएर पदीय कर्तव्य पनि पूरा नगर्नुका साथै संविधानको वैकल्पिक संवैधानिक उपाय अवलम्बन गर्न अवरुद्ध गरिरहेको आरोप लगाइएको थियो।

त्यस्तै नेशनल इन्डिपेन्डन्ट लयर्स एशोसिएशनले सर्वोच्च अदालतमा आन्दोलन गरिरहेका कानुन व्यवसायीमाथि कारबाहीको माग गर्दै दायर गरेको रिट निवेदन पनि अदालत प्रशासनले दरपीठ गरेको छ। 

सर्वोच्च अदालतमा रजिष्ट्रार पन्थीले सर्वोच्च अदालतको पूर्ण बैठकले गोला प्रथाबाट पेसी तोक्ने निर्णय गरी नियमावलीसमेत निर्माण गरिसकेकाले उक्त रिट निवेदनको औचित्य नभएको उल्लेख गर्दै दरपीठ गरेका हुन्। 

प्रकाशित: Jan 16, 2022| 20:01 आइतबार, माघ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...