मंगलबार, असार ३०, २०८३

नेप्से बजार फर्कियो, दोहोरो अंकले बढ्यो बजार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ। परिसूचक १२.२७ अंकले बढेर १ हजार  २१२.३६ विन्दुमा पुगेको छ। सोमबार नेप्से बजारमा आएको अधिकांश समूहको परिसूचक बढेसँगै सेयर बजार बढेको हो।

‘क’ वर्गको कम्पनी मापन गर्ने सेन्सेटीभ इण्डेक्स पनि २.३९ प्रतिशत बढेर २५५.२० विन्दुमा पुगेको छ। सेयरबजारमा आएका १५९ कम्पीहरुको ३ हजार ३८८ शेयर ११ लाख ७६ हजार ५९२ पटक शेयर खरिदबिक्री भएको छ। 

उक्त खरिदबिक्रीबाट ३१ करोड ८५ लाख ८२ हजार ९३८ रुपैयाँ बराबरको  कारोबार भएको छ। जबकी आइतबार नेप्सेमा  यो वर्षकै कम  कारोबार भएको थियो । जसमा १९ करोड ३८ लाख  २६ हजार ४१० रुपैयाँको मात्रै कारोबार भएको हो। 

१७० कम्पनीको ६ लाख ६७ हजार ४३४ शेयरको खरिद बिक्रीबाट उक्त रकम बराबरको  कारोबार भएको थियो।  शेयर विश्लेषक धनकुमार राईले आइतबार यो वर्ष २०७५ सालमा अहिलेसम्मको  कम शेयर कारोबार भएको बताए।  

‘अहिले असार मसान्त भएकोले पनि  सबैले कारोबार क्लीयर गरिने भएकोले लगानीकर्ताहरु लगानी गर्नेप्रति आकर्षित नदेखिएका हुन्,’ उनले भनेका थिए ‘यसबाट साउनपछि भने लगानी  बढ्ने संकेत देखिएको छ।’ 

सोमबार अन्य समूहकोबाहेक सबै समूहको परिसूचक हरियो  भएको छ। जसमा सबैभन्दा बढी वीमा समूहको परिसूचक १४७.०२ प्रतिशत बढेर ६ हजार १९९.४५ विन्दुमा पुगेको छ।
  
त्यसपछि हाइड्रो पावर समूहको परिसूचक ५०.२३,  उत्पादनमुलक समूहको  परिसूचक ३२.५१, होटेल समूहको  परिसूचक ३२.२९ र  विकास बैंकको परिसूचक २४.५९ प्रतिशत बढेको छ। सबैभन्दा कम व्यापार  समूहको  परिसूचक १.९४ प्रतिशत मात्रै बढेको छ। अन्य समूहको  परिसूचक भने २.६७ प्रतिशत घटेर ७०७.८९ अंकमा पुगेको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।