काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीको विधान बमोजिम अध्यक्ष कमल थापाले प्रदेश नं. १ का नवनियुक्त अध्यक्ष राम थापाको सिफारिस अनुसार पदाधिकारी मनोनित गरेका छन्।
प्रदेश नं. १ को उपाध्यक्षमा प्रह्लाद कुमार साह (मोरङ), लिलादेवी श्रेष्ठ (इलाम), तेज कुमार कुरुम्बाङ्ग (पाँचथर), सचिवमा बासुदेव भट्टराई (झापा), प्रवक्तामा केदार कोइराला (मोरङ), कोषाध्यक्षमा दयाराम भट्टराई (मोरङ), सहसचिवमा ललित बहादुर राई (खोटाङ) लाई मनोनयन गरेका छन्।
त्यस्तै सदस्यहरुमा नरेन्द्र कुमार पौडेल (ताप्लेजुङ)), रामकुमार राजवंशी (झापा), बालानन्द भुर्तेल (धनकुटा), निकहट वानो (सुनसरी), नवराज पोखरेल (उदयपुर) लाई मनोनयन गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४