शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • देउवाको नाममा भइरहेको भिडियो गाईजात्रा तत्काल बन्द गरियोस् : पूर्णबहादुर खड्का

देउवाको नाममा भइरहेको भिडियो गाईजात्रा तत्काल बन्द गरियोस् : पूर्णबहादुर खड्का

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री शेरबहादुर देउवा बारे बनाइएको भिडियोप्रति आपत्ति जनाएका छन्।
 |  शुक्रबार, साउन २२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २२, २०७८

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री शेरबहादुर देउवा बारे बनाइएको भिडियोप्रति आपत्ति जनाएका छन्। देउवा प्रधानमन्त्री भए यता उनको सचिवालयले देउवाले गरेका राम्रो काम भन्दै सामाजिक सञ्चालमा भिडियोमार्फत प्रचार थालेको थियो।

उनले त्यसप्रति आपन्ति जनाउँदै भिडियोको गाईजात्रा तत्काल बन्द गर्न आग्रह गरेका छन्। 'अब बन्छ नेपाल' फेसबुक पेज र भाइबारमार्फत देउवाको काम राम्रो भन्दै केही भिडियो अपलोड भएका छन्। वाग्मती प्रदेश प्रमुख भइसकेकी अनुराधा कोइरालाले समेत देउवाको प्रशंसा गरेको भिडियो सामाजिक सञ्जालमा अपलोड भइसकेको छ।

पछिल्लो समय भने सामाजिक सञ्जालमा 'यसकारण मलाई शेरबहादुर देउवा मनपर्छ किनभने… टाइटलसहित आएका यस्ता भिडियोमा नकारात्मक टिप्पणी बढ्न थालेको भन्दै सञ्जालमार्फत गरिएको भिडियो गाईजात्रा बन्द गर्न प्रधानमन्त्रीको सचिवालयलाई खड्काको अनुरोध छ।

ट्वीटरमा उनले लेखेका छन्, 'जीवनको हरेक क्षण देश, जनता र लोकतन्त्रका लागि समर्पण गरि जनताका बिचमा स्थापित काँग्रेस सभापति तथा प्रधानमन्त्री आदरणीय शेरबहादुर देउवाज्युका बारेमा सामाजिक सन्जालमार्फत सुरु गरिएको भिडियो गाईजात्रा तत्काल बन्द गर्न प्रधानमन्त्रीको सचिवालयलाई विशेष अनुरोध गर्दछु।'


प्रकाशित: Aug 06, 2021| 09:06 शुक्रबार, साउन २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...