काठमाडौं– प्रतिनिधिसभाको बैठक माघ १६ गतेलाई सारिएको छ। भोलि सोमबारका लागि डाकिएको बैठक १६ गते आइतबार दिउँसो १ बजेसम्मका लागि सारिएको हो।
सभामुख अग्निप्रसाद सापकोटाले पूर्वनिर्धारित बैठक कोरोना सङ्क्रमणको जोखिमका कारण उक्त मितिमा बस्नेगरी समय परिवर्तन गरेको सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमद्वारा जारी सूचनामा उल्लेख छ।