मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतका लागि राजदूतमा पूर्वप्रमुख निर्वाचन आयुक्त निलकण्ठ

भारतका लागि राजदूतमा पूर्वप्रमुख निर्वाचन आयुक्त निलकण्ठ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
 काठमाडौं- सरकारले भारतका लागि पूर्वप्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीलाई सिफारिस गरेको छ।
 
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उप्रेतीलाई सिफारिस गरेको हो। संसदीय सुनवाइपछि उनको नियुक्ति प्रकृया अघि बढ्नेछ। उप्रती लामो समय निर्वाचन आयोगमा आयुक्त तथा प्रमुख आयुक्तको जिम्मेबारी सम्हालेका थिए। उनकै नेतृत्वमा सम्पन्न चुनावबाट निर्वाचित संविधासभाले संविधान बनाएको थियो।
  
कांग्रेस कोटामा राजदूत भएका दीपकुमार उपाध्यायले राजीनामा दिएपछि भारतका लागि नेपाली राजदूतावास राजदूत विहीन भएको थियो। 

कांग्रेस नेतासमेत रहेका उपाध्याय राजदूतबाट राजीनामा दिएर कपिलवस्तुबाट प्रतिनिधिसभा चुनाव लडेका थिए। तर, नेकपाका चक्रपाणि खनाल बलदेवसँग पराजित भए।

यस्तै उदयराज पाण्डेलाई मलेसियाका लागि नेपाली राजदूतमा सिफारिस गरिएको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिए। उनी यूएईका पूर्वराजदूत पनि हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।