शनिबार, मंसिर १३, २०८२

जिपीमा हड्डीको सफल शल्यक्रिया, जिल्लावासीलाई राहत

जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ स्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा हड्डीको सफल शल्यक्रिया भएको छ। अस्पतालले शल्यक्रिया सेवा दिन थालेपछि तनहुँ, गोरखा, लमजुङ र कास्की जिल्लाका केही आसपास क्षेत्रका नागरिकलाई राहत मिलेको छ।
 |  शनिबार, माघ १, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ १, २०७८

तनहुँ- जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ स्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा हड्डीको सफल शल्यक्रिया भएको छ। अस्पतालले शल्यक्रिया सेवा दिन थालेपछि तनहुँ, गोरखा, लमजुङ र कास्की जिल्लाका केही आसपास क्षेत्रका नागरिकलाई राहत मिलेको छ।

National life

सामान्य शल्यक्रियाका लागि पोखरा, चितवन र काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्य भएको अस्पतालका निर्देशक डा. रामकुमार श्रेष्ठले जानकारी दिए। हड्डीको सफलरूपमा शल्यक्रिया गर्न थालिएपछि जिल्लावासी खुशी भएका छन्। उनले भने, 'हप्तामा दुई दिन सोमबार र बिहीबार नियमितरूपमा शल्यक्रिया सञ्चालन गर्दै आएका छौँ।'

हातको समस्यासहित उपचारका लागि पुगेका बिरामीको शल्यक्रियामार्फत हातमा प्लेट राख्न सफल भएको हो। डा. विद्याभूषण ताम्राकार र डा रमेश घिमिरेले अस्पतालमा रहेको सिआर्म मेसिनको माध्यमबाट शल्यक्रिया गरेका हुन्। 'अस्पतालमा अन्य सेवा सुविधा थप गर्ने तयारीमा छौं,' उनले भने, 'पछिल्ला समयमा अत्याधुनिक सेवासहितका आधुनिक उपकरण अस्पतालमा जडान गर्ने कार्य गरिएको छ।'

चालु आवभित्र विशेषज्ञसहितका श्वासप्रश्वाससम्बन्धी उपचार सेवा सुरु गर्ने तयारी भइरहेको डा श्रेष्ठले बताए। नेपाल सरकार र स्थानीयवासीको सहयोगले काम गर्ने थप ऊर्जा मिलेको छ। उनले भने, 'सेवा र सुविधाका दृष्टिकोणले नमूना अस्पतालका रूपमा विकास गर्ने लागिएको छ।'

गत आवमा नेपाल सरकारबाट रु सात करोड विनियोजन भएकामा अक्सिजन प्लान्ट, एचडीयू बेड, भेन्टिलेटरसहितको आइसीयूकक्ष र आवश्यक भौतिक पूर्वाधार निर्माण गरिएका जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रका लेखा अधिकृत वासुराज दाहालले जानकारी दिए। यसवर्ष पनि ओपिडी भवन निर्माणका लागि रु एक करोड ५४ लाख विनियोजित भएकामा ई–टेण्डर खोलिसकिएको उनले बताए।

Laxmi sunrise bank
kumari

स्व. गिरिजाप्रसाद कोइरालाको स्मृतिमा उक्त राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा स्थापना गरिएको हो। विसं २०६७ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको स्मृतिमा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो। 

सरकारको निर्णयानुसार सोही ठाउँमा रहेको सेतीगङ्गा सामुदायिक अस्पतालको स्वामित्व हस्तान्तरण गरी विसं २०७३ साउन १ गतेदेखि औपचारिकरूपमा  श्वासप्रश्वास उपचार केन्द्र सञ्चालनमा ल्याइएको हो।

प्रकाशित: Jan 15, 2022| 19:25 शनिबार, माघ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।