शुक्रबार, कात्तिक २८, २०८२

सामान्य बिरामीलाई अस्पताल नआउन आग्रह

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति प्रकाशित गरी सामान्य प्रकृतिका बिरामीलाई तत्काल अस्पताल नआउन आग्रह गरेका हुन्।
 |  शनिबार, माघ १, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ १, २०७८

भरतपुर- भरतपुर अस्पतालले सामान्य र पछि जाँच गराउँदा पनि हुने बिरामीलाई तत्काल अस्पताल नआउन आग्रह गरेको छ। अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति प्रकाशित गरी सामान्य प्रकृतिका बिरामीलाई तत्काल अस्पताल नआउन आग्रह गरेका हुन्।

National life

जिल्लामा सङ्क्रमण दर अत्यधिक बढेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, 'कोभिड–१९ को तेस्रो लहरस्वरुप विगत केही दिनदेखि नेपालमा कोभिड सङ्क्रमितको सङ्ख्या तीव्र गतिमा बढ्दै गइरहेको सबैलाई जानकारी नै छ।'

काठमाडौंको त्रिवि टिचिङ र वीर अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मी पनि उच्च सङ्ख्यामा सङ्क्रमित भएको तथ्यांकलेसमेत अस्पतालमा एकअर्काबाट सङ्क्रमण फैलनसक्ने सम्भावना बढ्दै गएको विज्ञप्तिमा उल्लेख छ। 

विज्ञप्तिमा भनिएको छ, 'यस सन्दर्भमा सामान्य र पछि जाँच गराउँदा पनि हुने प्रकृतिका बिरामी अस्पताल आउने समय पछि सार्नु उपयुक्त हुन्छ।' 

भरतपुर अस्पतालमा पछिल्लो दुई दिनको परीक्षणमा देखिएको कोभिड पोजिटिभ दर अति उच्च रहेको उल्लेख गर्दै पुस २९ गते १७२ जनाको परीक्षणमा ९५ जना अर्थात ५५ प्रतिशतमा पोजिटिभ देखिएको जनाइएको छ। 

Laxmi sunrise bank
kumari

त्यस्तै पुस ३० गतेको १८६ जनामा गरिएको परीक्षणमा ११५ जना अर्थात ६१.२५ प्रतिशतमा पोजेटिभ देखिएको छ। भरतपुर अस्पताल केन्द्रीय अस्पताल हो। 

यहाँ चितवनसहित छिमेकी १९ जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन्। यसअघिका कोभिडको सङ्क्रमण उच्च हुँदा यहाँ धेरैको उपचार गरिएको थियो। कोभिड सङ्क्रमण सुरु भएपछि नियमित सङ्क्रमितको उपचार अस्पतालमा हुँदै आएको छ।

प्रकाशित: Jan 15, 2022| 18:15 शनिबार, माघ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।