बुधबार, भदौ ३, २०८३

लिपुलेक सडक विस्तारबारे राप्रपाले भन्‍यो - गम्भीर र आपत्तिजनक

राप्रपाका महामन्त्री भुवन पाठकले शनिबार एक विज्ञप्ति जारी गर्दै नेपाली भूमि लिपुलेक कालापानी क्षेत्रमा भारतले एकतर्फी रुपमा सडक निर्माण गरिरहेको र केही दिन अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्ति गम्भीर, आपत्तिजनक र नेपाली सार्वभौमिकताको विरुद्धमा भएको जनाएको छ।
 |  शनिबार, माघ १, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ १, २०७८

काठमाडौं- लिपुलेक सडक विस्तारप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीले आपत्ति जनाउदै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

राप्रपाका महामन्त्री भुवन पाठकले शनिबार एक विज्ञप्ति जारी गर्दै नेपाली भूमि लिपुलेक कालापानी क्षेत्रमा भारतले एकतर्फी रुपमा सडक निर्माण गरिरहेको र केही दिन अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्ति गम्भीर, आपत्तिजनक र नेपाली सार्वभौमिकताको विरुद्धमा भएको जनाएको छ। 

विज्ञप्तिमा भनिएको छ, 'कालापानी लिपुलेक नेपाली भूमि हो, आफ्नो भूमिमाथि भइरहेको अतिक्रमण र हस्तक्षेपविरुद्ध नेपाल सरकारले प्रतिवाद गर्नुपर्दछ।'

तर, भारतले सार्वजनिक रुपमा सडक निर्माण गरिरहेको अभिव्यक्ति दिइरहँदा नेपाल सरकार र सत्तारूढ गठबन्धनको पनि आश्चर्यजनक मौनता दु:खद र रहस्यमय रहेको छ। 

नेपाली भूमिमा भइरहेको हस्तक्षेपका बारे नेपाल सरकारले भारतसंग कूटनैतिक र राजनीतिक तहमा संवाद गरि अविलम्ब निर्माण कार्य रोक्न र आफ्नो भूमिको रक्षा हुने गरि समाधान निकाल्न नेपाल सरकार समक्ष राप्रपाले माग गरेको छ।

प्रकाशित: Jan 15, 2022| 17:05 शनिबार, माघ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...