मंगलबार, असार ३०, २०८३

डा केसीको जीवन तलमाथि भए सरकार जिम्मेवार: देउवा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं - लामो समयदेखि चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशन बसिरहेका डा गोविन्द केसीका विषयमा कांग्रेसको औपचारिक धारणा सार्वजनिक नभएको भन्ने आरोप लागिरहेका बेला पार्टी सभापति शेरबहादुर देउवाले सार्वजनिक वक्तव्य जारी गरेका छन्। 

सोमबार वक्तव्य जारी गर्दै सभापति देउवाले डा. गोविन्द केसीको स्वास्थ्य स्थिती थप विग्रदै गएको खबरले आफू गम्भीर भएको जनाएका छन्। 'यस्तो स्थिती उत्पन्न भइसक्दा पनि सरकार वार्ता मार्फत समाधानका लागि गम्भीर नहुनुलाई मैले झनै गम्भीर विषयका रुपमा लिएको छु', वक्तव्यमा भनिएको छ। 

चिकित्सा शिक्षामा सुधारका लागि अनशनरत डा केसीसँग वार्ता गरी माग सम्बोधन गर्दै उनको जीवन रक्षाका लागि तत्कालै अग्रसरता लिनु सरकारको दायित्व रहेको देउवाले उल्लेख गरेका छन्।

यसअघि देउवा नेतृत्वको सरकारले चिकित्सा शिक्षामा व्यापक सुधार गर्ने उद्देश्यका साथ चिकित्सा शिक्षा विधेयकलाई अध्यादेश मार्फत जारी गरेको थियो। डा. केसीसँगको वार्ता, सरोकारवालाहरुसँगको छलफल, माथेमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन एवं आम नागरिकको भावनालाई मध्यनजर राखेर जारी त्यो अध्यादेशकै हुवहु विधेयक प्रस्तुत गर्नु नै विद्यमान जटिलताको विवेक सम्मत हल हुने देउवाले उल्लेख गरेका छन्। 
 
शासन सञ्चालन क्रममा सरकारले विवेकको मार्ग अख्तियार नगर्दा त्यसले गम्भीर दुर्घटना निम्त्याउने देउवाको ठम्याइ छ। डा. केसीको जीवनमा तलमाथी हुन सक्ने परिस्थितिको निर्माण वर्तमान सरकारले नियतवश गरिरहेको गम्भीर आशंका उव्जीएको वक्तव्यमा उल्लेख छ। 

अप्रिय घटना भएका खण्डमा सम्पूर्ण दोषको जिम्मेवारी सरकारको हुने मात्रै होइन, चिकित्सा शिक्षामा सुधारको अभियानका प्रति नै गम्भीर घात हुने समेत देउवाले चेतावनी दिएका छन्। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।