मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आर्थिक वर्षको अन्तिम दिन मन्त्रिपरिषद्‍मा गम्भीर छलफल

आर्थिक वर्षको अन्तिम दिन मन्त्रिपरिषद्‍मा गम्भीर छलफल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- आर्थिक वर्ष २०७४-०७५ को अन्तिम दिन सोमबार मध्यान्ह १२ बजेबाट शुरु भएको मन्त्रिपरिषद्‍ बैठक चलिरहेको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा चलिरहेको बैठकमा महत्वपूर्ण निर्णयहरु गरिने स्रोतले जनाएको छ। 

आज आर्थिक वर्षको अन्तिम दिन भएकोले पनि विभिन्न आर्थिक तथा भौतिक पूर्वाधारका एजेण्डामा छलफल हुने जनाइएको छ। 

यसअघि मन्त्रिपरिषद्को असार २१ गते बेलुका बसेको बैठकले शेरबहादुर देउवा नेतृत्वमा सरकारले भदौ १४ पछि गरेका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको थियो। 

मन्त्रिपरिषद्‍को निर्णयलार्इ सर्वोच्चले उल्ट्याइदिएपछि सरकार समस्यामा परेको हो। 

सरकारले तोकेको निषेधित क्षेत्रमा पनि सर्वोच्च बाधक बनेको थियो। आगामी आर्थिक वर्षमा सरकार कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।