काठमाडौं- मानव अधिकार तथा शान्ति समाजले सोमबार नयाँबानेश्वरस्थित संसद भवन अगाडि सरकारका गतिविधिविरूद्ध आयोजना गरेको धर्नामा सहभागी अधिकारकर्मीहरूलार्इ प्रहरीले बल प्रयोग गरी नियन्त्रणमा लिएको छ।
सरकारका स्वतन्त्रताविरोधी निर्णय र स्वेच्छाचारी गतिविधिविरुद्ध आन्दोलन थालिएको समाजले जनाएको छ। समाजका संस्थापक सभापति कृष्ण पहाडीलगायत नागरिक अगुवा र अधिकारकर्मीहरूलार्इ प्रहरीले नियन्त्रणमा लिएको हो।
वर्तमान सरकारले आधारभूत स्वतन्त्रता र मानवअधिकार कुण्ठित हुने गरी कतिपय निर्णय गरेको, न्यायिक निर्णयहरूलाई समेत लत्याउँदै आपराधिक चरित्रलाई संरक्षण र प्रोत्साहन गरेको तथा पछिल्लो चरणमा सरकार हिंसात्मक प्रवृत्तिप्रति नरम र सत्याग्रहीहरूप्रति क्रुर बन्दै गएको अवस्थामा आधारभूत स्वतन्त्रता, मानवअधिकार संरक्षणका लागि आन्दोलन थालिएको हो,समाजको विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...