बुधबार, भदौ ३, २०८३

मेडिकल कलेज सञ्चालक शर्मालाई शिक्षा मन्त्रालयको गेटमा कालोमोसो

मेडिकल कलेज सञ्चालक सुनिल शर्मामाथि आज शुक्रबार सिंहदरबार परिसरभित्रै कालोमोसो दलिएको छ।
 |  शुक्रबार, पुस ३०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ३०, २०७८

काठमाडौं– मेडिकल कलेज सञ्चालक सुनिल शर्मामाथि आज शुक्रबार सिंहदरबार परिसरभित्रै कालोमोसो दलिएको छ। शिक्षा मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा सहभागी भएर बाहिर निस्किएपछि शर्मामाथि कालोमोसो दलिएको हो।

कालोमोसो दल्नेहरु माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को विद्यार्थी संगठन अनेरास्वियूका कार्यकर्ता रहेको बताइएको छ। कालोमोसो दल्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। अनेरास्ववियुका उपमहासचिव महेश श्रेष्ठको नेतृत्वमा शर्मामाथि शिक्षा मन्त्रालयको गेटमै कालोमोसो दलिएको हो।  

एमबीबीएस लगायत चिकित्सा शिक्षामा चर्को शुल्क लिएको भन्दै विभिन्न मेडिकल कलेजका विद्यार्थी लामो समयदेखि आन्दोलनमा छन्। मेडिकल कलेजले चर्को शुल्क लिने काम बन्द नगरे संघर्ष गर्ने चेतावनी सत्ता गठबन्धन दलका निकट विद्यार्थी संगठनहरुले यसअघि चेतावनी दिएका थिए। 

सुनिल शर्माले विराटनगरमा नोबेल मेडिकल कलेज र काठमाडौ सिनामंगलमा काठमाडौं मेडिकल कलेज सञ्चालन गर्दै आएका छन्। उनले चिकित्सा शिक्षा आयोगले तोकेको ४० लाखभन्दा बढी शुल्क लिइरहेको बताइन्छ।

यसैबारे छलफल गर्न आज शिक्षा मन्त्रालयले सर्वपक्षीय बैठक बोलाएको हो। बैठकमा चिकित्सा शिक्षा आयोगले निर्धारण गरेअनुसारको शुल्कमात्रै लिन पाउने निर्णय भएको छ। तर, शर्माले भने उक्त निर्णयमा नोट अफ डिसेन्ट लेखेर निस्किएका थिए।

प्रकाशित: Jan 14, 2022| 19:37 शुक्रबार, पुस ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...