मंगलबार, असार ३०, २०८३

पौडेलले बोलाएको भेलामा केके भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरूको अनौपचारिक छलफल शुरु भएको छ। 

राजधानीको वनस्थलीस्थित एक सहकारीको हलमा भएको छलफलमा नेताहरू पौडेल, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी र दिलेन्द्र बडु सहभागी छन् । भेलामा नवीन्द्रराज जोशी, प्रदीप   पौडेल, बद्री पाण्डे, रामकृष्ण यादवलगायत नेता पनि छलफलमा सहभागी छन्। 

पार्टी सभापति शेरबहादुर देउवाले ६ साउनअगावै केन्द्रीय समितिको बैठक बोलाउन सक्ने भएकाले त्यसका लागि आवश्यक रणनीति तयार गर्ने उद्देश्यले छलफल आयोजना गरिएको 

नेताहरूले बताएका छन्। संस्थापनइतर समूह विभाजन भएको फाइदा सभापति देउवाले लिएको बताउँदै अलग धुरीमा रहेका नेताहरूले केही समयअघि एकै ठाउँमा जुट्ने प्रयास गरेका 

थिए। उनीहरू एक भएपछि कर्मचारी, शिक्षक र मजदूरको अधिवेशनमा संस्थापन पक्ष पराजित भएको थियो।


तीनवटा प्रदेश दिने  संस्थापनको प्रस्ताव  नमान्ने निष्कर्ष 

छलफलले पौडेल पक्षलाई तीन प्रदेशको  पार्टी नेतृत्व दिने  संस्थापन पक्षको प्रस्तावलाई अस्वीकार गर्ने निर्णय गरेको छ। पौडेल पक्षले सबै प्रदेश  कमिटीको निर्वाचन हुनुपर्ने अडान लिने भएको छ। निर्वाचन भएको खण्डमा सात मध्ये ६ वटामा आफुहरुले जित्ने निष्कर्ष निकालेको छ। 

त्यसैगरी बिधान मस्यौदा समितिमा अर्जुननरसिंह केसी, गगन थापा र नविन्द्रराज जोशीलाई पठाउने निर्णय गरेको छ।  
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।