मंगलबार, असार ३०, २०८३

रसिया विश्वकपमा कसले कति पाए पुरस्कार ?  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- रसियामा सम्पन्न २१ औं फिफा विश्वकप फुटबल प्रतियोगितामा ४० करोड अमेरिकी डलरको पुरस्कार वितरण गरिएको छ । 

प्रतियोगितामा सहभागी भएका टिमदेखि विश्व च्याम्पियनसम्मलाई ४० करोड अमेरिकी डलरको पुरस्कार प्रदान गरिएको हो । विश्वकप विजेता बनेको फ्रान्सले ३ करोड ८० लाख डलर (करिब ४ अर्ब नेपाली रुपैयाँ) पुरस्कार पाएको छ  भने उपविजेतामा चित्त बुझाएको क्रोएसियाले २ करोड ८० लाख अमेरिकी डलर हात पारेको छ । 

इङ्ल्याण्डलाई पराजित गर्दै तेस्रो भएको बेल्जियमले २ करोड ४० लाख पाउदा चौथो भएको इङ्ल्याण्डले २ करोड २० लाख अमेरिकी डलर प्राप्त गरेको छ । क्वार्टरफाइनल अर्थात् अन्तिम ८ मा पराजित हुने ब्राजिल, उरुग्वे, स्विडेन र आयोजक रुसले १ करोड ६० लाख डलर हात पारेका छन् । 

अन्तिम १६ मा पराजित हुने ८ टोली अर्जेन्टिना, पोर्चुगल, स्पेन, डेनमार्क, मेक्सिको, जापान, स्विट्जरल्यान्ड र कोलम्बियाले जनही १ करोड २० लाख प्राप्त गरेका छन् ।

समूह चरणबाटै घर फकिएका साउदी अरेयिबा, इजिप्ट, मोरक्को, इरान, पेरु, अस्ट्रेलिया,  नाइजेरिया, आइसल्याण्ड, सर्बिया,  कोस्टारिका, दक्षिण कोरिया, जर्मनी, ट्युनिसिया, पानामा, सेनेगल र पोल्यान्डले ८०/८० लाख अमेरिकी डलर प्राप्त गरे । सबै टोलीले पाउने यो रकममा विश्वकपमा छनोट भएपछि तयारीका लागि पाउने रकमसमेत जोडिएको छ ।

ब्राजिलमा सन् २०१४ मा भएको २० औं संस्करणको प्रतियोगितामा भन्दा यसपटक करिब १२ प्रतिशतले पुरस्कार राशीमा वृद्धि गरिएको छ । 

अघिल्लो विश्वकपमा तीन करोड ५८ लाख अमेरिकी डलरको पुरस्कार तय गरेको थियो भने विश्वकप विजेता जर्मनीले तीन करोड ५० लाख पाएको थियो । त्यसैगरी उप–विजेता अर्जेन्टिनाको फुटबल समूहले दुई करोड २५ लाख पाएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।