मंगलबार, असार ३०, २०८३

वरिष्ठ नेता पौडेलले डाके गुटको भेला

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडाैं- नेपाली कांग्रेका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो गुटको भेला डाकेका छन् ।

चक्रपथको ढुंगेधारास्थित माउन्ट धौलागिरी को–अपरेटिभमा सोमबार बिहान ११ बजे बस्ने गरि आफू पक्षधर नेताहरुलाई पौडेलले भेलामा डाकेका हुन् । 

पौडेल पक्षका एक नेताका अनुसार उक्त बैठकमा पार्टी सभापति देउवाले साउन २ गतेका लागि बोलाएको बैठकका मुद्दाका विषयमा छलफल गरिनेछ ।

वर्तमान राजनैतिक अन्यौलता र नेता पौडेल र सभापति देउवाबीच सहमति भएको भनिएका विषयमा प्रष्ट पार्न अर्जुननरसिंह केसीलगायतका नेताहरुले दबाब दिएका थिए। 

क-कसलाई बोलाइएको  छ भेलामा ?

सोमबारको भेलामा कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, नवीन्द्रराज जोशीसहितका नेतालाई बोलाइको छ ।

पार्टीलाई विधि र विधानमा नहिँडाएको भन्दै असन्तुष्टि बढिरहेका बेला नेता पौडेलले सबै असन्तुष्टलाई सँगै लिएर हिँड्ने प्रयास थालेका छन् । यसअघि उनले सिटौलाबाहेकका नेतासँग छलफल गरेका थिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।