शनिबार, मंसिर ८, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

२५ वर्षअघि नै मानव शरीरमा सुँगुरको मुटु राखेका डा. धनीराम

यसलाई विश्वको चिकित्सा इतिहासमा पहिलोपटक सुंगुरको मुटु मानिसको शरीरमा प्रत्यारोपण गरिएको बताइएको छ।
 |  शुक्रबार, पुस ३०, २०७८
nespernesper

बीबीसी

बीबीसी

शुक्रबार, पुस ३०, २०७८

काठमाडौं- गत साता अमेरिकी चिकित्सकको टोलीले मानव शरीरमा सुँगुरको मुटु प्रत्यारोपण गरेको समाचार बाहिरिसँगै चिकित्सा विज्ञानमा नयाँ तरंग उत्पन्न भएको छ। 

triton college

यसलाई विश्वको चिकित्सा इतिहासमा पहिलोपटक सुंगुरको मुटु मानिसको शरीरमा प्रत्यारोपण गरिएको बताइएको छ।

युनिभर्सिटी अफ मेरिल्याण्डुका डाक्टरहरूले डेभिड बेनेट नामका ५७ वर्षीय पुरुषको शरीरमा सुँगुरको मुटु राखेका थिए। शल्यक्रियापछि  बेनेट पूर्णत निको भएको दाबी डाक्टरहरूले गरेका छन्।

संसारको पहिलो व्यक्ति डेभिड बेनेट जसको शरीरमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको थियो।

Metro Mart
vianet

तर मानव शरीरमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको यो पहिलो घटना नभएको तथ्य पनि बाहिरिएको छ। भारत असमस्थित सोनापुरका डा. धनीराम बरुआले २५ वर्ष पहिले नै सुँगुरको मुटु प्रत्यारोपण गरेका कारण जेल परेको बताइएको छ। 

डा. धनीराम बरुआले सन् १९९७ जनवरी १ मा ३२ वर्षीय मानिसको शरीरमा सुँगुरको मुटु प्रत्यारोपण गरेको कुरा खुलाएका छन्। साथै अहिले आएर अमेरिकाले आफ्नो कामको श्रेय लिन खोजेको भन्दै धनीरामले असन्तुष्टी व्यक्त गरेका छन्।

त्यतिबेला धनीराम र हङकङका शल्य-चिकित्सक डा. जोनाथन होके शिङले बिरामीको सफल शल्यक्रिया गरेका थिए। यद्यपि सात दिनपछि बिरामीको शरीरमा उच्च संक्रमण देखा परेर निधन भयो।

‘वास्तवमा, बिरामीको मुटुको तल्लो कक्षमा प्वाल थियो, जसलाई भेन्टिकुलर सेप्टल डिफेक्ट भनिन्छ’ धनीरामले भने, ‘यसैका कारण बिरामीमा संक्रमण बढेर बचाउन सकिएन। शल्यक्रियाचाहिँ सफल भएको थियो।’

पन्ध्र घन्टाको शल्यक्रियामा धनीराम र जोनाथनले सुँगुरको मुटु र फोक्सोलाई बिरामीको शरीरमा सफलतापूर्वक राखे। जुन मुटुले केही दिन काम पनि गर्‍यो। तर एक सातामै बिरामीको मृत्युपछि यो प्रत्यारोपणलाई लिएर ठूलो विवाद सृजना भयो। 

बिरामीको मृत्युको खबर स्थानीय सञ्चार माध्यममा फैलिएपछि धनीराम र जोनाथनलाई भारतको 'मानव अंग प्रत्यारोपण ऐन, १९९४' अन्तर्गत पक्राउ गरियो। अदालतको फैसलापछि धनीरामलाई जेल हालियो।  

डा. धनीराम भन्छन्, ‘ग्लास्गोमा कार्डियो सर्जरी गरेपछि मैले बेलायत, युएईलगायत धेरै देशमा काम गरें। तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको आदेशमा म स्वदेश फर्किएँ। तर त्यस क्रममा सरकारले मलाई धेरै नराम्रो गर्यो।’

जेलबाट बाहिर आएपछि पनि उनले आफ्नो अनुसन्धान जारी राखें। अहिलेसम्म मुटु, एचआईभी, मधुमेह जस्ता रोगहरूको उपचारमा प्रयोग हुने औषधी आविष्कार गरिसकेको धनीरामको दाबी छ। 

सन् २०१६ मा भने धनीरामलाई ब्रेन-स्ट्रोक भयो। त्यसयता  उनी स्पष्ट बोल्न सक्ने अवस्थामा रहेनन्। तर आफ्नो अनुसन्धानलाई उनले रोकेका छैनन्।

धनीरामसँग काम गरेकी डा. लिमी बरुआहले मात्र  उनको अस्पष्ट बोली बुझ्छिन्। डा. धनीरामले आफूले बनाएको  इन्जेक्सनले मुटुका बिरामीलाई बिना कुनै शल्यक्रिया ठीक बनाउने दाबी गर्छन्।

धनिराम बरुआका सहयोगी डा. डलिमी

उनी भन्छन्, ‘मैले तयार पारेको मुटुको औषधिले मानिसको शरीरमा सुँगुरको मुटु हाल्नु पर्दैन। मुटु रोगीलाई मुटु प्रत्यारोपणको आवश्यकता नपर्ने भन्दै यो औषधि इन्जेक्सनको रुपमा तयार गरिएको हो।’

यता मुम्बईको भाभा एटोमिक रिसर्च सेन्टरबाट पोस्ट-डक्टोरेट गरिसकेकी डा. गीताका अनुसार धनीरामले एचआईभीको औषधि पनि डिजाइन गरेका छन्। जसमा बिरामीले १० दिनको कोर्स गर्नुपर्छ। बिरामीलाई दिनहुँ इन्जेक्सन दिइन्छ। जसबाट व्यक्तिले एचआईभीको औषधि नलिइकन पनि सामान्य जीवन बिताउन सक्छ।

अहिले सोनापुरस्थित डा. धनीराम बरुवा हार्ट सिटी र सिटी अफ ह्युमन जिनोमको कार्यालय र साइनबोर्ड छैन। तर लामो र अग्लो चार पर्खालले घेरिएको पहाडमा बसेका डा. धनीरामकहाँ अनुमतिबिना कोही पनि प्रवेश गर्न पाउँदैन।

आफू शारीरिक रुपमा असक्त हुँदाहुँदै पनि धनीराम चिकित्सा-विज्ञानको नयाँनयाँ खोजमा लागिरहेको स्थानीय सञ्चारमाध्यमको दाबी छ। 

(बीबीसी हिन्दीका लागि दिलिप कुमार शर्माको रिपोर्टको अनुवाद)

प्रकाशित: Jan 14, 2022| 08:29 शुक्रबार, पुस ३०, २०७८
प्रतिक्रिया दिनुहोस्