काठमडौं- सरकारका मन्त्री तथा नेकपाका नेताहरुले विश्वकपको फाइनल फाइफस्टारमा हेरेका छन् ।
विश्वकप फुटबलको फाइनल हेर्न उनीहरु आइतबार साँझ होटल याक एन्ड यति पुगेका थिए । म्यूजिक र डिनरसहित उनीहरुले त्यहाँ विश्वकपको मजा लिएका थिए ।
विश्वकप फाइनलका लागि होटेलका विशेष कार्यक्रमको आयोजना थियो । प्रत्येक सहभागीलाई डिनरको प्याकेजसहित २५ लिइएको थियो ।
उर्जामन्त्री बर्षमान पुन, श्रम मन्त्री गोकर्ण विष्ट, भूमिसुधार मन्त्री चक्रपाणी खनाल बलदेव, उद्योगमन्त्री मात्रिका यादवसहितका मन्त्रीहरु र केही य्वा नेताहरु फाइनल हेर्न बेलुका याक एण्ड यती पुगेका थिए । खेल हेर्न धनश्याम भुसाल, टोपबहादुर रायमाझी, पूर्वसभामुख ओनसरी घर्ती पनि थिए ।
एकजना मन्त्रीले भने, विश्वकप फाइनल सँगै बसेर हेरौं भन्ने कुरा भयो । अनि त्यहाँ जम्मा भइयो । यो सामान्य कुरा हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४