मंगलबार, असार ३०, २०८३

सरकारलाई सहयोग गर्न तयार : गच्छदार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
इनरुवा- नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले काँग्रेसले लोकतान्त्रिक पद्धतिलाई सम्मान गर्दै प्रतिपक्षमा रहेर पनि सरकारलाई रचनात्मक सहयोग गर्न तयार रहेको बताएका छन् । 

सुनसरीको बर्जु गाउँपालिकाको आइतबार बजेट नीति तथा कार्यक्रम सार्वजनिक गर्न आयोजित कार्यक्रममा नेता गच्छदारले काँग्रेस नेतृत्वको सरकारले तीनै तहको चुनाव सम्पन्न गरेर लोकतान्त्रिक अभ्यासको प्रत्याभूति दिलाएको दाबी गरे । 

उनले सरकार अधिनायकवादतर्फ उन्मुख रहेको भन्दै संवैधानिक निकाय, प्रेस स्वतन्त्रता र न्यायपालिकामा समेत हस्तक्षेप गरेको आरोप लगाए । 
 
उनले फरक प्रसंगमा मुलुकमा धेरै पार्टी नरहने दाबी गर्दै नेकपा र नेपाली काँग्रेस मात्र रहने जिकिर गरे । उनले सुनसरीको विकास निर्माणमा आफ्नो सबैभन्दा ठूलो योगदान रहेको दाबी समेत गरे ।  

कार्यक्रममा बर्जू गाउँपालिकाले आर्थिक वर्ष २०७५÷०७६ का लागि रु ३६ करोड, ६६ लाख, १४ हजार बराबरको बजेट सार्वजनिक गरेको थियो । गाउँपालिकाका अध्यक्ष राघुनन्दन चौधरीले कृषि, वन, पर्यटन, शिक्षा, स्वास्थ्य, वातावरणलगायतका शीर्षकमा विनियोजित बजेट सार्वजनिक गरे ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।