आइतबार, चैत ३, २०८१

क्रसर र बालुवा प्रशोधन उद्योग कारबाहीमा

कार्यालयका अनुसार पहिलो चरणमा जिल्लाका विभिन्न स्थानमा रहेको क्रसर उद्योग तथा बालुवा प्रशासन उद्योगको अनुगमन थालिएको हो।
 |  बिहीबार, पुस २९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २९, २०७८

बारा- जिल्ला प्रशासन कार्यालय  बाराले नियमविपरीत सञ्चालनमा रहेका विभिन्न क्रसर उद्योग तथा बालुवा प्रशोधन उद्योगलाई  कारबाही गर्न थालेको छ। ती उद्योगमा  अनुगमन गरी नियम विपरीत सञ्चालनमा रहेका उद्योगलाई कारबाही प्रक्रिया अघि बढाइएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए। 

health

कार्यालयका अनुसार पहिलो चरणमा जिल्लाका विभिन्न स्थानमा रहेको क्रसर उद्योग तथा बालुवा प्रशासन उद्योगको अनुगमन थालिएको हो। 

अनुगमन पश्चात् कानुन बिपरित  सञ्चालनमा रहेका उद्योगलाई कारबाही अघि बढाइने सहायक प्रजिअ शिवराज सेडाइँले जानकारी दिए। पहिलो चरणमा जिल्लास्थित चारवटा बालुवा प्रशोधन उद्योगको कागजपत्र नियन्त्रणमा लिएर थप अनुसान्धान थालिएको हो। 

कागजपत्र नियन्त्रणमा लिइएका उद्योगमा बारास्थित समृद्धि बालुवा प्रशोधन उद्योग,  बालगङ्गा बालुवा प्रशोधन उद्योग,  जयलक्ष्मी बालुवा प्रशोधन उद्योग र बाराको कोलबीस्थित बिना दर्ता सञ्चालनमा रहेको अर्को एउटा बालुवा प्रशोधन उद्योग रहेका छन्। 

नदी उत्खनन् र दोहन भएको चौतर्फी गुनासो आएपछि अनुगमन गरेको जनाइएको छ। अनुगमन टोलीले यस क्षेत्रमा सञ्चालनमा रहेका अन्य चार  क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्रबाट आवश्यक कागजपत्रसमेत नियन्त्रणमा लिएको थियो।  बालगङ्गालगायत खोलामा सञ्चालित बालुवा प्रशोधन केन्द्रमा नदीजन्य पदार्थको उत्खननमा रोक लगाइएको बेलामासमेत क्रसर र बालुवा प्रशोधन उद्योग सञ्चालनमा रहेका थिए।जिल्लाभित्र २४ वटा क्रसर उद्योग तथा बालुवा प्रशोधन उद्योग सञ्चालनमा रहेका छन्।

प्रकाशित: Jan 13, 2022| 22:10 बिहीबार, पुस २९, २०७८
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।