मंगलबार, असार ३०, २०८३

यस्ता छन् रसिया विश्वकपका राेचक तथ्यहरु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडाैं- रसियामा भएको २१ औं संस्करणकाे फिफा विश्वकप फुटबल प्रतियोगिता निकै रोचक र अनपेक्षित बन्यो । उपाधि दाबेदार मानिएका ब्राजिल, अर्जेन्टिना, जर्मनी, स्पेनजस्ता देशहरु क्वाटर फाइनल भन्दामाथि जान नसकेपछि विश्वकप झनै रोचक बनेको थियो ।
 
यसपटक इङ्ल्याण्ड, बेल्जियम, क्रोएशिया, फ्रान्सजस्ता कम ध्यान दिइएका देशहरुले निकै राम्रो प्रदर्शन गरे । यी चार टोली सेमिफाइनलमा पुगेका थिए । अन्ततः पहिलो पटक फाइनलमा पुगेको क्रोएशियालाई ४-२ ले हराएर फ्रान्सले दोस्रो पटक उपाधी जित्यो । 

३२ देश सहभागी भएको विश्वकपमा फाइनल खेलसम्म आइपुग्दा ६४ खेल भए । जसमा ७३६ जना खेलाडी सहभागी भए भने १६९ वटा गोल भयो । जसमध्ये १२ वटा त आत्मघाती नै गोल भएको छ । फाइनल खेलमा पनि क्रोएशियाका खेलाडी मारियो मान्जुकिचले खेलको १८ औं मिनेतमा आफ्नै पोस्टमा गोल गरेर फ्रान्सलाई सुरुवाती अग्रता दिएका थिए । 

२१ औं संस्करणको यस विश्वकपमा २२ वटा पेनाल्टी दिइएको थियो । जुन अहिलेसम्मकै विश्वकपको इतिहासमा सबैभन्दा बढी हो । २२ मध्ये ७ वटा पेनाल्टी मिस भएका छन् भने बाँकी गोलमा परिणत भएका थिए । यस विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी भने इङ्ल्याण्डका हेरी केन भए । उनले खेल अवधिभरमा ६ वटा गोल गरेका थिए । सबैभन्दा बढि गोल गर्ने देश बेल्जियम बनेको छ । उसले यस विश्वकपमा १६ गोल गरेर रेकर्ड राखेको हो । सबैभन्दा धेरै गोल खाने देश भने पानामा बन्यो । जसले खेलअवधिमा ११ गोल खायो । 

रसिया विश्वकपमा २१९ वटा पहेँलो कार्ड प्रयोग भयो भने ४ बटा रातो कार्ड दिइयो । सबैभन्दा पहिला रातो कार्ड पाउने अभागि खेलाडी कार्लोस सान्चेज भए । धेरै पहेँलो कार्ड खाने देश भने क्रोएशिया बन्यो । जो यस विश्वकपको उपविजेता बन्यो । 

यस विश्वकपको एउटै खेल नजित्ने ६ वटा देश अभागि सावित भए । अस्ट्रेलिया, कोस्टारिका, इजिप्ट, आइसल्यान्ड, मोरक्को र पानामाले विश्वकपमा एक खेल पनि जित्न सकेनन् । क्रोएशिया, बेल्जियम र उरुग्वेले भने समुहचरण सबै खेलमा जित हात पारेका थिए । 

२१ औं संस्करणको विश्वकपमा सबैभन्दा जेठा खेलाडी इजिप्टका इसाम एल हादारी थिए । जो ४५ वर्षका थिए । सबैभन्दा कान्छा खेलाडी भने अस्ट्रेलियाका १९ वर्षीय ड्यानियल अर्जानी थिए । सबैभन्दा कम उमेरम गोल गर्ने खेलाडीको लिस्टमा भने फ्रान्सका १९ वर्षीय खेलाडी केलियन एमबाप्पे रहे । उनले यस विश्वकपमा ४ गोल गरेका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।