बुधबार, भदौ ३, २०८३

सरकारलाई कांग्रेसको आठ बुँदे ध्यानाकर्षण, केके छन् आठ बुँदामा?

आफ्नै पार्टीको सरकारलाई नेपाली कांग्रेसले कोरोना रोकथाम तथा नियन्त्रणका विषयमा ध्यानाकर्षणपत्र बुझाएको छ।
 |  बिहीबार, पुस २९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २९, २०७८

काठमाडौं– आफ्नै पार्टीको सरकारलाई नेपाली कांग्रेसले कोरोना रोकथाम तथा नियन्त्रणका विषयमा ध्यानाकर्षणपत्र बुझाएको छ।

कांग्रेस सभापति शेरबहादुर नेतृत्वको वर्तमान सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले बिहीबार आठ बुँदे ध्यानाकर्षणपत्र बुझाएकी हुन्।  

सबै नागरिकलाई कोरोना भाइरसको खोप पुर्याउन, परीक्षणको दायरा बढाएर समयमै कोरोना नियन्त्रण गर्नका लागि तत्काल पहल गर्न, वृद्ववद्वा, दीर्घरोगी र बालबालिका बढी जोखिममा पर्ने हुँदा उच्च प्राथमिकतामा राख्न कांग्रेसले माग गरेको छ।

यस्ता छन् कांग्रेसका माग

१) परीक्षणको दायरा बढाई समयमै कोरोना नियन्त्रण गर्नका लागि तत्काल पहल गर्नुपर्ने। 

२) वृद्ववृद्धा, दीर्घरोगी र बालबालिका बढी जोखिममा पर्ने हुँदा उच्च प्राथमिकतामा राख्ने। 

३) नेपालमा तत्काल सबै नागरिकसामु खोप र बुष्टर पुर्याउनुपर्ने दायित्व र प्राथमिकता नेपाल सरकारको भएको हुँदा पर्याप्त खोप र बुष्टरमा सर्वसाधरणको सहज र सरल पहुँच पुर्याउन सम्बन्धित सबै संयन्त्रलाई परिचालन गर्नका लागि निर्देशन दिने। 

४) नयाँ भेरियन्टका कारण बढ्न सक्ने संक्रमितको चापलाई मध्यनजर राख्दै देशभरीका स्वास्थ्य केन्द्र, अस्पतालहरूमा पर्याप्त तयारीका लागि सरकारबाट सक्दो सहयोग प्रदान गर्ने। 

५) स्वास्थ्यकर्मी, चिकित्साकर्मी, सुरक्षाकर्मी एवं कोरोना रोकथामका लागि खटिरहनुभएका ‘फ्रन्टलाइनर’ लाई प्रोत्साहन स्वरुप कोरोना सुविधारराहत प्रदान गर्दै सर्वसाधारणलाई समेत कोरोना बीमाको व्यवस्था गर्ने। 


६) नयाँ भेरियन्ट फैलन नदिन सिमामा हेल्थ डेक्स, होल्डिङ सेन्टररआइसोलेसन सेन्टरको समयमा व्यवस्थापन गर्न केन्द्र, प्रदेश र स्थानीय तहहरूसँग समन्वय गर्ने। 


७) कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारको तर्फबाट तुरुन्त योजना बनाई कार्यान्वयन गर्नेरगराउने ।  


८) कोरोना भाइरसलाई फैलन नदिनका लागि आफू र अरुको जीवन रक्षाका लागि जनचेतना कार्यक्रम गरी न्यूनतम मापदण्ड पालना गर्न गराउन कडाईका साथ पहल गर्ने–गराउने ।

प्रकाशित: Jan 13, 2022| 17:35 बिहीबार, पुस २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...