काठमाडौं- २१ औं संस्करणको फिफा विश्वकप २०१८ को उपाधी फ्रान्सले उचालेको छ।
काठमाडौं- विश्वकप २०१८ को उपाधि फ्रान्सले उचालेको छ। फाइनल खेलमा क्रोएसिलाई ४-२ गोलको अन्तरले पराजित गर्दै विश्वकप २०१८ को उपाधि उचालेको हो।
यो जितसँगै फ्रान्सले दोस्रो पटक विश्वकपको उपाधि जितेको हो। पहिलो पटक फ्रान्सले आफ्नै माटोमा १९९८ मा भएको विश्वकपको उपाधि उचालेको थियो। खेलको ६५ औ मिनेटमा फ्रान्सका केलियन बाप्पेले गल गर्दै ४-१ को अग्रता बनाएका थिए। तर ६९ औं मिनेटमा क्रोएसियाका मारियो मान्डजुकिकले गोल गर्दै खेलमा फर्किने प्रयास गरेका थिए।
उनले गोल गर्दै खेललाई ४-२ को स्थितीका पुर्याएका थिए। उनैले पहिलो हाफको शुरुवातमै आत्मघाती गोल गरेपछि फ्रान्सले अग्रता बनाएको थियो। मान्डजुकिकले १८ औं मिनेटमा आत्मघाती गोल गर्न पुगेका थिए। फ्रान्सका एन्टोइनी ग्रिजम्यानले प्रहार गरेको फ्रिकिक बचाउने क्रममा उनले आफ्नै पोष्टमा गोल गर्न पुगेका थिए।
खेलको ५९ औं मिनेटमा पल पेग्वाले गोल गर्दै फ्रान्सलाई ३-१ को अग्रता दिलाएका थिए। उनले स्टेभान जोन्जीको पासमा गोल गरेका थिए। यस अघि खेलको ३८ औं मिनेटमा क्रोएसियाका खेलाडीले आफ्नो डिबक्सभित्र फल गरेपछि फ्रान्सले पेनाल्टी पाएको थियो।
पेनाल्टीको सदुपयोग गर्दै फ्रान्सका एन्टोइनी ग्रिजम्यानले गोल गरे। एन्टोइनीको गोलमार्फत फ्रान्सले पहिलो हाफमा नै २-१ को अग्रता बनाएको थियो। २८ औं मिनेटमा क्रोएसियाका इभान पेरिसिकले गोल गर्दै १-१ गोलको बराबरीमा पुर्याएका थिए। तर, निर्धारित समयको खेलमा क्रोएसियाका लागि पेरिसिक र मान्डजुकिक बाहेक अन्येले गोल गर्न नसक्दा खेल ४-२ ले पारजित भएको हो।
क्रोएसिया रनर-अप बन्दै आफ्नो विश्वकप इतिहासमा सुधार गरेको छ। सन् १९९८ मा क्रोएसिया सेमिफाइनल सम्म पुगेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४