बुधबार, भदौ ३, २०८३

प्रचण्डको मुद्दा पूर्ण इजलासबाट फेरि संयुक्त इजलासमै

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दायर गरेको रिट सर्वोच्च अदालतको संयुक्त इजलासमा फर्काइएको छ।
 |  बिहीबार, पुस २९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २९, २०७८

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दायर गरेको रिट सर्वोच्च अदालतको संयुक्त इजलासमा फर्काइएको छ।

अध्यक्ष प्रचण्डले आफ्नो पार्टीका तर्फबाट निर्वाचित भएर अर्को दलमा सामेल भएका स्थानीय तहका जनप्रतिनिधिलाई गरिएको कारवाही सदर गरिपाउँ भन्दै दायर गरेको रिट निवेदन फेरि संयुक्त इजलासमा फर्काइएको हो।

आफ्नो पार्टीबाट निर्वाचित भई पछि अन्य दलमा सामेल भएको भन्दै माओवादी केन्द्रले स्थानीय तहका केही जनप्रतिनिधिलाई कारवाही गरेको थियो। सोही आधारमा निर्वाचन आयोगले उनीहरुको पद रिक्त गरेको थियो। त्यसपछि ती जनप्रतिनिधिले सर्वोच्च नै गुहारे। सर्वोच्चले उनीहरुलाई कामकाज गर्नबाट नरोक्न अन्तरिम आदेश जारी गरिदियो।

सोही आदेश खारेजीका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले रिट निवेदन दिएका थिए। उक्त रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै संयुक्त इजलासले ‘पूर्ण इजलास’मा पठाएको थियो। सोहीअनुसार सर्वोच्च अदालतका न्यायाधीशहरु दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको पूर्ण इजलासमा बिहीबार सुनुवाइ भएपछि उक्त रिट निवेदनलाई संयुक्त इजलासमै फर्काइएको छ।

प्रकाशित: Jan 13, 2022| 14:46 बिहीबार, पुस २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...